Comments Add Comment

विश्वभरमा इन्सुलिनको कमी किन भइरहेको छ ? मधुमेह रोगीले के गर्ने ?

मधुमेहलाई खराब शहरीया जीवनशैलीको उपज मानिन्छ ।

टाइप २ मधुमेहको समस्या भएका मानिसको रगतमा रहेको सुगरको मात्रा नियन्त्रण गर्न पर्याप्त मात्रामा इन्सुलिन पैदा हुन पाँउदैन ।

वैज्ञानिकहरुका अनुसार टाइप २ मधुमेहको शिकार भएका लाखौं मानिसहरुलाई आउँदो दशक वा त्यस पछि पनि लामो समयसम्म इन्सुलिन हासिल गर्न धेरै मुस्किल हुन्छ ।

विश्वभरमा अहिले २० वर्षदेखि ७९ वर्ष उमेरका लगभग ४० करोड मानिस टाइप २ डायबिटिजबाट पिडित छन् । जसमध्ये आधाभन्दा धेरै मानिस चीन, भारत र अमेरिकामा बस्छन् ।

सन् २०३० सम्म टाइप २ डायबिटिजबाट पीडित मानिसहरुको तथ्यांक ५० करोडसम्म पुग्ने अनुमान छ ।

टाइप २ मधुमेहले पिडितको शरीरमा इन्सुलिन पैदा गर्ने पेनक्रेटिक सेललाई नोक्सान पुर्याउन थाल्छ ।

‘लान्सेट डायबिटिज एण्ड एन्डोकि्रनोलोजी जर्नल’मा प्रकाशित एक अध्ययन अनुसार सन् २०३० सम्म टाइप २ डायबिटिजबाट पिडित लगभग ८ करोड मानिसहरुलाई इन्सुलिनको आवश्यकता हुन्छ । सन् २०३० सम्म यो औषधिको माग २० प्रतिशत बढ्ने सम्भावना छ ।

तर, यसमध्ये लगभग आधाभन्दा धेरै बिरामीहरुले यो औषधि प्रयोग गर्न पाउने छैनन् ।

अहिले लगभग ३.३ करोड मानिसहरुलाई इन्सुलिनको आवश्यकता छ र धेरैले यो औषधि प्राप्त गर्न सकेका छैनन् ।

इन्सुलिनको अभावको अर्थ

इन्सुलिनको उपलब्धता माथि अध्ययन गर्ने टिमका प्रमुख डा. सञ्जय बासु यो औषधिको उपलब्धता, माग र आपूर्तीको समिकरणलाई बुझाउँदै भन्छन्, ‘मधुमेह पिडितहरु यो औषधिसम्म पुग्नुको मतलब सबै मानिसहरुको लागि इन्सुलिन उपलब्ध होस् र मानिसहरु यसलाई किन्न आर्थिक रुपले पनि सक्षम पनि होउन् भन्ने हो ।’

‘मुल्यको साथसाथै एक सप्लाई चेन पनि विकास हुन आवश्यक छ जसको माध्यमबाट पि|mजमा राखिने यो औषधी र यसको साथमा दिइने सुइलाई सुरक्षित ढंगले वितरण गर्न सकियोस्’ उनी भन्छन् ।

इन्सुलिन किन यति महंगो ?

इन्सुलिन ९७ वर्ष पुरानो औषधि हो । जसलाई २० औं शताब्दीमा चमत्कारी औषधी मानिएको थियो ।

त्यसोभए आविषकार भएको यत्तिका वर्षपछि पनि यो औषधि किन महंगो छ ? यो एक ठूलो प्रश्न हो ।

वैज्ञानिकहरुका अनुसार २५ सय अर्ब भारतीय रुपैंयाको विश्वव्यापी इन्सुलिन बजारको ९९ प्रतिशत हिस्सा बहुराष्ट्रिय कम्पनी नोवो नोरडिस्क, इलिलिली एण्ड कम्पनी र सनोफीसँग छ ।

यसको साथै बजारको आकारको हिसाबले यी तीन कम्पनीहरुसँग ९६ प्रतिशत हिस्सेदारी छ । यीनै तीन कम्पनीहरुले पुरै अमेरिकामा इन्सुलिनको आपूर्ती गराउँछन् ।

विश्वव्यापी नियन्त्रण

विश्वभरका १३२ देश मध्ये ९१ भन्दा धेरै देशले इन्सुलिनमा कुनै खालको शुल्क लगाउँदैनन् । तर, यसको बाबजुद पनि यो औषधि मानिसहरुको लागि धेरै महंगो छ किनभने करको साथसाथै सप्लाई चेनमा हुने खर्चको कारणले यो औषधि मानिसहरुको पहुँचभन्दा बाहिर जान्छन् ।

अमेरिकामा मात्रै लगभग दुई करोड मानिसहरु मधुमेहबाट पिडित छन् ।

सन् २००० देखि २०१० को बीचमा मधुमेह पिडितहरुको इन्सुलिनमा हुने खर्च ८९ प्रतिशत सम्म बढ्यो । प्रति बोतल इन्सुलिनको मुल्य लगभग ४७०० रुपैयाँ बढेर करिब १५००० रुपौयाँ भइसकेको छ । एक बोतल इन्सुलिन केही दिनसम्मको लागि मात्रै पुग्छ ।

यो औषधिको उपलब्धतालाई लिएर पनि कुनै प्रश्न उठ्छ ।

जेनेभा युनिभर्सिटी अस्पतालसँग जोडिएका डाक्टर डेभिड हेनरी बेरनका अनुसार देशहरुमा आपूर्तीकर्ताहरुको धेरै कम विकल्प छ । यस्तोमा मानिसहरुलाई इन्सुलिनको टाइप परिवर्तन गर्न विवश हुन पर्छ किनभने कम्पनीहरुले केही फर्मुलेसन्सलाई उपलब्ध गराउन बन्द गरिदिएका छन् ।

यो समय दुनियाँमा पाँच किसिमका इन्सुलिनवाला औषधीहरु छन् । यस्तोमा डाक्टरले बिरामीहरुलाई ती औषधि लेखिदिन्छन् जुन उनीहरुको जीवनशैली, उमेर, ब्लड सुगर लक्ष्य र दैनिक लिने इन्जेक्सनको संख्याको माध्यमले सबैभन्दा धेरै फाइदा पुर्‍याउँछ ।

तर, यदि औषधीको उपलब्धताको कुरा गर्ने हो भने इन्सुलिनको आपूर्ती ती देशको लागि एक समस्या हो जहाँ औसत आय कम वा मध्यम स्तरको छ ।

इन्सुलिनको उपलब्धतामा भएका अध्ययन अनुसार बंगलादेश ब्राजिल मालावी नेपाल पाकिस्तान र श्रीलंकामा इन्सुलिनको उपलब्धता कम पाइएको छ ।

यसको साथै खराब व्यवस्थापन र अप्रभावकारी वितरणको कारणले आपूर्तीमा समस्या पैदा हुन सक्छ ।

उदाहरणको लागि मोजाम्बिकमा इन्सुलिनको ७७ प्रतिशत आपूर्ती यहाँको राजधानीमा मात्रै सम्भव छ । यसको कारणले राजधानी बाहिर इन्सुलिनको कमी हुन्छ ।

डाक्टर बेरन भन्छन्, ‘विश्वभरमा इन्सुलिनको उपलब्धता नहुने र मधुमेह रोगीहरु इन्सुलिन किन्ने क्षमताबाट बाहिर हुनु जिन्दगीको लागि खतरा हो र यसले स्वास्थ्यको आधारभुत अधिकारलाई चुनौती दिन्छ ।’

इन्सुलिनको जेनेरिक औषधि

लगभग सय वर्ष पहिले खोज गरिएको औषधी अहिलेपनि मानिसहरुको लागि जेनेरिक औषधीको रुपमा किन उपलब्ध छैन् भन्ने प्रश्न उठ्छ ।

इन्सुलिनको आविष्कार गर्ने वैज्ञानिकले आफ्नो औषधिको पेटेन्ट अधिकार टोरन्टो युनिभर्सिटीलाई एक डलरमा बेचिदिएका थिए ।

औषधीको पेटेन्टको अवधि सकिएपछि अरुले पनि बनाउँछन् र ती औषधि आमरुपमा धेरै सस्तो हुन्छ । यसको लागि जेनेरिक औषधीहरु बनाउने कम्पनीलाई धन्यवाद भन्नुपर्छ तर, इन्सुलिनको मामिलामा भने यस्तो अवस्था छैन ।

वैज्ञानिक जेरेमी एक गि्रन र केभिन रिग्सका अनुसार यसको कारण यो हुन सक्छ कि इन्सुलिन जिवित कोषबाट बन्छ र यसको फर्मुला कपी गर्न धेरै जटिल छ ।

यसैकारण जेनेरिक औषधीहरु बनाउने कम्पनीहरुले अहिलेसम्म यो औषधीलाई यस लायक सम्झिएनन् र यसको जेनेरिक औषधि बनाउने कोसिस भएन ।

जैविक स्तरमा मिल्दोजुल्दो इन्सुलिन पनि बजारमा उपलब्ध छ र अपेक्षाकृति सस्तो मुल्यमा उपलब्ध छ तर, त्यो जेनेरिक औषधीजस्तो सस्तो भने छैन ।

वैज्ञानिकहरुले इन्सुलिन युनिभर्सल हेल्थ कभरेज प्याकेजमा समावेश हुनुपर्ने बताउँछन् । यसको साथै डायबिटिजको वितरण र भण्डारकोलागि अन्वेषणको लागि धन खर्च गर्नुपर्ने आवश्यकता रहेको उनीहरुको भनाइ छ ।

यसले प्रष्ट हुन्छ कि कमजोर मेडिकल प्रणाली, इन्सुलिनको खर्चिलो वितरण प्रणाली र मुल्य जस्ता कारक मिलेर इन्सुलिन आम मानिसहरुको पहुँच भन्दा बाहिर पुगेको छ ।

डाक्टर बसु भन्छन्, ‘मुल्य र वितरण प्रक्रियालाई लिएर सुधारको आवश्यकता छ । जब, सम्म यी मुद्दामा काम हुँदैन तबसम्म इन्सुलिनको कमीको कारण मानिसहरु मधुमेहबाट ठिक हुन पाँउदैनन् ।’

बिबिसी हिन्दीबाट अनुदित 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment