Comments Add Comment

४ हजार मिटर उचाइमा अनमोल र सुहानाको लोभलाग्दो रोमान्स

निर्देशक झरना थापाले निर्देशन गरेको दोश्रो चलचित्र ‘ए मेरो हजुर ३’ अहिले सर्वाधिक चर्चामा छ । यो चलचित्र चर्चामा रहनुको कारण यसमा काम गरेका जोडी कलाकार पनि हुन् । चलचित्रमा नायक अनमोल केसी र नव–नायिका सुहाना थापाको मुख्य भूमिका छ । चलचित्रलाई चैत्र २९ गतेबाट रिलिज गर्ने तयारी यसको निर्माणपक्षले गरेको छ । यसैविच, चलचित्रको रोमान्टिक गीतका केही तस्बिर यसको निर्माणपक्षले सार्वजनिक गरेको छ ।

सार्वजनिक तस्बिरमा नायक केसी र नायिका थापाको निकै नै लोभलाग्दो केमेष्ट्री देख्न सकिन्छ । मनाङको आइस लेकमा यो गीतको छायांकन गरिएको हो । निर्माणपक्षका अनुसार ४ हजार ७५ मिटर उचाइमा यो गीत खिचिएको छ । निकै चिसो स्थान भएपनि गीतको भिडियोमा नायिका थापा खुलेकी छिन् । अनमोल केसीको लुक्सले पनि दर्शकको ध्यान तान्न सक्छ ।

राहुल शाहले कोरियोग्राफी गरेको गीतको भिडियोलाई संजय लामाले खिचेका छन् । चलचित्रको यो गीतमा प्रतिक अधिकारी र आशिष अविरलको संगीत छ । ‘जिन्दगी नै भन्दिनँ म’ बोलको गीतलाई आकर्षक तरिकाले खिचिएको हो । सुगम पोखरेलले यो गीतमा आवाज भरेका छन् ।

यो चलचित्रमा अर्पण थापा, सलोन बस्नेत लगायतका कलाकारको पनि मुख्य भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment