Comments Add Comment

अवैध कामदारलाई यूएईले दियो थप एक महिना, एक हजार नेपाली फर्किए

१७ मंसिर, युएई । युएई सरकारले देशमा रहेका अबैधानिक कामदारलाई वैध बन्न दिएकोे आममाफी योजनाको अवधि पुनः एक महिना थप गरेको छ । अब यस्ता कामदारले जनवरी २ सम्म समय पाएका छन् ।

युएईको राष्ट्रिय दिवशका अवसरमा डिसेम्बर २ देखि लागू हुनेगरी आममाफी पुन एक महिना थप गरिएको युएईका संचार माध्यमले जनाएका छन् । सुरुमा दिइएको ३ महिनाको म्याद अक्टोबर ३० मा सकिएको थियो । त्यसपछि थपिएको एक महिनाको समय पनि मंसिर १ मा सकिएको थियो ।

एक हजार नेपाली स्वदेश फर्किए 

गत साउन १६ गतेदेखि मंसिर १ सम्म चलेको आममाफी प्रक्रियाबाट १ हजार भन्दा बढि नेपाली घर फर्किएका छन् । धेरैले वैध भएर यहीँ काम गर्न इच्छाएको पाइयो ।
दूतावास मार्फत १ सय ४५ जनाले राहदानी बनाएका थिए । उनीहरुमध्ये धेरैले जागिर खोज्ने प्रयोजनको लागि ६ महिने भिसा लगाएका छन । १ सय ८८ जनाले ट्राभल डकुमेण्ट बनाएर नेपाल फर्किएको दूतावासको राहदानी फााटमा कार्यरत तृतीय सचिव केशबराज पोखरेलले बताए ।

आममाफी प्रकृयामा सहभागी हुनेमा पुरुषभन्दा महिलाको सख्या धेरै रहेको उनले जानकारी दिए । तर एकिन तथ्यांक दुतावासलाई प्राप्त भइसकेको छैन ।

युएई सरकारले अबैधानिक बसोबास गरिरहेका नेपालीसहित अन्य मुलुकका कामदारलाईर् वैधानिक बन्न अथवा आवश्यक कानुनी प्रकृया पुरा गरी मुलुक र्फकन आग्रह गरेको थियो । युएईमा अवैधानिक बसेका विदेशी नागरिकमध्ये बङ्लादेशी नागरिक सबैभन्दा धेरै छन् ।

भिजिट भिषामा आएर ओभर स्टे गरेका, घरेलु महिला कामदार, बिचमा काम खोजेर बस्नेहरु तथा राहदानी नभएर अवैधानिक भएका नेपाली आममाफी प्रकृयामा सहभागी भएका हुन् । स्वदेश फर्किने कामदारलाई दुतावासले सहजीकरण गरेको थियो । उनीहरुको सहजताका लागि दूतावासले युएईको विभिन्न स्थानबाट घुम्ती शिविरमार्फत सेवा दिएको थियो ।

नेपाल फर्किन चाहने कोही पनि नेपाली नछुटेको कार्यवाहक राजदुत सागरप्रसाद फुयाालले अनलाइनखबरलाई बताए । आममाफी प्रकृयामा सहभागी भइ स्वदेश फर्किएका नागरिक भविष्यमा पुनः युएई आउन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment