Comments Add Comment

बर्दियामा लागूऔषधसहित ३ जना पक्राउ

१८ मंसिर, काठमाडौं । इलाका प्रहरी कार्यालय, राजापुर बर्दियाले अवैध लागूऔषध नाइट्राभेट–१० सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ज्ञानु सोनाहा, आनन्द सोनाहा र ऋषिराम थारु छन् ।

राजापुरका डीएसपी तिलक भारतीका अनुसार उनीहरुलाई सोमबार साँझ राजपुर–४ बाट पक्राउ गरेर विस्तृ अनुसन्धान भइरहेको छ । उनीहरु लागूऔषध कारोबारी र सेवनकर्ता भएको खुलेको भारतीको भनाइ छ ।

उनीहरुको साथबाट नाइट्राभेट–१० का १३९ ट्याब्लेट बरामद भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment