Comments Add Comment

बलात्कार आरोपमा १७ वर्षे किशोर पक्राउ 

१८ मंसिर, काठमाडौं । काठमाडौं प्रहरी परिसर, टेकुले बलात्कार आरोपमा १७ वर्षीय किशोरलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रौतहट, राजदेवी–८ घर भइ काठमाडौं–३, रानीबारी बस्दै आएका १७ वर्षीय धर्मेन्द्र यादव छन् ।

उनलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो । काठमाडौं प्रहरीका अनुसार उनीमाथि मकवानपुर हेटौंडाकी १४ वर्षीया बालिकालार्इ बलात्कार गरेको आरोप छ ।

डेरामा अभिभावक नभएको अवस्थामा ललाइफकाइ जबरजस्तीकरणी गरेको भन्दै प्रहरीमा जाहेरी परेको जनाइएको छ । थप अनुसन्धान जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment