Comments Add Comment

रिलायन्स लाइफ इन्स्योरेन्सका ८ शाखाहरुको उद्घाटन

१८ मंसिर, काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले नुवाकोट, धादिङ, बेसीशहर, लेखनाथ, पोखरा, लम्जुङ्ग, बेनी, कुस्मा गरी८ वटा शाखाहरु विस्तार गरेको छ ।

सबै शाखाहरुको कम्पनीका नायब कार्यकारी अधिकृत (डेपुटी सीईओ) निराजन कंडेलका साथमा सम्बन्धीत जिल्लाका पदाधिकारीका उपस्थितिमा गरिएको थियो ।

नुवाकोट शाखाको डेपुटी सीईओ कडेंल र उद्योग वाणिज्य महासंघ नुवाकोटका अध्यक्ष तारा बहादुर कार्कीले संयुक्त रुपमा उद्घाटन गरे ।
धादिङ शाखाको डेपुटी सीईओ कडेंल र जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपालले संयुक्त रुपमा गरे ।

यस्तै डेपुटी सीईओ कडेंलका साथमा , बेसीशहर शाखाको लम्जुङ्गउद्योग वाणिज्य महासंघका अध्यक्ष राजेश थापा, लेखनाथ शाखाको गण्डकी प्रदेशसभाका सदस्य मानबहादुर गुरुङ, पोखरा शाखाको जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैन वहादुर क्षेत्री,उद्घाटन गरे ।

यसगरी डेपुटी सीईओ कडेंलको उपस्थितिमा लम्जुङ्ग शाखाको उद्योग वाणिज्य महासंघका कार्यकारी समिति सदस्य निर्माण कुमार श्रेष्ठ, बेनी शाखाको म्याग्दी क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य भुपेन्द्र बहादुर थापा र कुस्मा शाखाको पर्वत उद्योग वाणिज्य महासंघका अध्यक्ष केदारनाथ शर्माले उद्घाटन गरे ।

उद्घाटन समारोहमा कम्पनीका पदाधिकारी र स्थानिय बासिन्दाहरुको समेत उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment