Comments Add Comment

बाटोमा फूल रोपेका डिजराजले मोटर गाडीमा चाइना घुमाउने !

८ वर्ष अगाडि ‘तिमी आउने बाटोमा फूल रोपिदिएँ’ बोलको गीतबाट हिट बनेका थिए गायक डिजराज पौड्याल । त्यसपछि उनी आफ्नै रफ्तारमा संगीतकर्ममा क्रियाशील रहे ।

उनै डिजराज अहिले नयाँ गीत लिएर दर्शक तथा स्रोतासामु प्रस्तुत भएका छन् । रमाइलो शैलीको यो गीत एकैपटकमा ओठमा झुण्डिने खालको छ ।

गीतको बोल हो, ‘फुलबुट्टे साडीमा चाइना घुमाउला मोटर गाडीमा ।’ यो गीतमा उनको आफ्नै शब्द र संगीतसमेत रहेको छ । गीतका एरेन्जर उदयराज पौडेल हुन् ।

गीतको म्युजिक भिडियोमा पनि मिहिनेत झल्किन्छ । समन अधिकारी निर्देशित म्युजिक भिडियोमा नग्मा श्रेष्ठ, प्रशान्त तामाङ सन्तोष अधिकारी र स्वयम् डिजराज फिचरिङ छन् । भिडियोमा शुभम भुजेलको कोरियोग्राफी छ । भिडियोलाई टंक केसीले छायांकन गरेका हुन् भने विकास ज्ञवालीले सम्पादन गरेका हुन् ।

२०६२ सालदेखि व्यवसायीकरुपमा संगीत क्षेत्रमा लागेका डिजराजले अहिलेसम्म ६ वटा एल्बम निकालिसकेका छन् । उनको पहिलो एल्बम ‘सम्वोधन’मा समावेश ‘तिमी आउने बाटोमा’ ले धेरै संगीतप्रैमीहरुको मन जितेको थियो । त्यसपछि उनले सुनैको दरबार, गोरेटो, मोह, घडेरीलगायतका एल्बम निकाले ।

पूर्णकालीनरुपमै संगीतमा संलग्न डिजराजले आधुनिक र सेमिक्लासिकल विधालाई अंगालेका छन् । यद्यपि, लोकलयका गीतमा पनि उनको स्वर फिट छ ।

फुलबुट्टे सारीमा बोलको गीत केही समय अगावै रेकर्ड गरेको भए पनि हालै भिडियो बनाएर यूट्यूवमा रिलिज गरेका हुन् । दुई दिनमा गीतले ५० हजारभन्दा बढी भ्यूज पाइसकेको छ ।

‘यो गीत सुनाउँदा सबैले राम्रो रेस्पोन्स गरेपछि भिडियो बनाउन प्रेरित भएको हुँ,’ उनले अनलाइनखबरसँग भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment