Comments Add Comment

सशस्त्र प्रहरीद्वारा कमलपोखरीबाट पेस्तोलसहित एक पक्राउ

१८ मंसिर, काठमाडौं । सशस्त्र प्रहरी बल नेपालको विशेष टोलीले काठमाडौंको कमलपोखरीबाट एउटा अवैध पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ललितपुर जिल्लाको चाँपागाउँ घर बताउने २४ वषिर्य शिशिर श्रेष्ठ छन् ।

विशेष सुराकीको आधारमा मंगलबार दिउँसो कुमारी हल नजिकै रहेको भोजु रेस्टुरेन्ट एण्ड क्याफेबाट उनलाई पक्राउ गरिएको सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक अजय छतकुलीले बताए ।

उनका अनुसार श्रेष्ठको साथबाट ७.६२ एमएमको अटोमेटिक पेस्तोल र एउटा म्यागजिन बरामद गरेको थियो ।

उनले पेस्तोल बोकेर हिँडिरहेको खबर पाएपछि सशस्त्र प्रहरीले पिछा गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment