Comments Add Comment

दुबै मिर्गौला फेल भएका अतितलाई ९ लाख सहयोग

१८ मंसिर, पोखरा । दुबै मिर्गौला फेल भएका अतित गुरुङलाई विदेशमा बस्ने नेपालीहरुले झण्डै ९ लाख सहयोग गरेका छन् ।

स्याङ्जा कोल्माबाहकोटका २४ वर्षीय अतितको काठमाडौंको मानव अंग प्रत्यारोपण केन्द्रमा नियमित डायलाइसिस हुन्छ । परिवारका सदस्यहरुका अनुसार अहिलेसम्म ४ लाख हाराहारीमा पैसा सकियो ।

विदेश जाने तयारीमा रहेका अतित एउटा आँखा धमिलो भएको भन्दै अस्पताल पुगेका थिए । मनिपाल शिक्षण अस्पतालले एक्कासी अतितको किड्नी समस्या भएको भन्दै बुबाआमा खोज्यो । बुबा ईन्द्रबहादुर गुरुङले भने, ‘म त छाँगाबाट खसें, छोराको त दुबै किड्नी फेल भएको रहेछ ।’

अहिले अतितको जीवन बचाउन उनको गाउँ स्याङ्जा बाहकोटबाट युके गएर बसेका आफन्त र शुभचिन्तकले अभियान चलाएका छन । त्यही अभियानबाट उठेको रकम कोल्मा बाहकोट युके समाजले मंगलबार झन्डै ९ लाख रुपैयाँ बुबा ईन्द्रबहादुरलाई हस्तान्तरण गरेका छन् ।

कोल्मा बाहकोट समाजको अभियानमा युकेबाट झण्डै सय जनाले साथ दिएका छन् । समाजको कोषाध्यक्ष महेन्द्र गुरुङले बिहीबार ८ लाख ९८ हजार रुपैयाँ हस्तान्तरण गरेका हुन् ।

‘आफ्ना गाउँठाउँका छोराको ज्यान बचाउन अभियान चलायौं र यो रकम हस्तान्तरण पायौं’ समाजको कोषाध्यक्ष महेन्द्रले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment