Comments Add Comment

फ्रान्समा इन्धनको मूल्य वृद्धि फिर्ता

१९ मंसिर, काठमाडौं । फ्रान्स सरकारले इन्धनको मूल्य वृद्धिको निर्णय स्थगित गरेको छ । मूल्य वृद्धिविरुद्ध फ्रान्सका हजारौं नागरिकले गरेको विरोध प्रदर्शन हिंसात्मक बन्दै गएपछि सरकार पछि हट्न बाध्य भएको हो ।

मूल्य वृद्धिको निर्णय ६ महिनाका लागि स्थगित गरिएको बीबीसीले जनाएको छ । प्रधानमन्त्री एडोर्ड फिलिपले टेलिभिजन सम्बोधन गर्दै मूल्य वृद्धिको निर्णय तत्काल लागू नहुने घोषणा गरेका हुन् ।

फ्रान्समा डिजेलको मूल्य एक वर्षभित्रै २३ प्रतिशत वृद्धि गरिएको थियो । यसबाट कार चढ्ने हजारौं नागरिक मर्कामा परेको भन्दै स्वतःस्फूर्तरुपमा फ्रान्सका जनता सडकमा उत्रिएका थिए ।

आक्रोशित समूहले ऐतिहासिक स्मारकमा तोडफोड, गाडीमा आगजनी तथा सुरक्षाकर्मीहरुमाथि नै आक्रमणसमेत गरेका थिए । प्रहरीको जवाफी कारवाहीमा एक महिलाको मृत्युसमेत भएको थियो भने सयौं घाइते भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment