Comments Add Comment

२८ वर्षपछि सोमालियामा अमेरिकी दूतावास

१९ मंसिर, काठमाडौं । मानवीय संकटको सामना गर्दै आइरहेको सोमालियामा २८ वर्षपछि संयुक्त राज्य अमेरिकाले कूटनीतिक उपस्थिति जनाएको छ ।

सोमालियामा विद्रोही र सरकारी पक्षबीच द्वन्द्व बढेपछि अमेरिकाले सन् १९९१ को जनवरीमा त्यहाँको दूतावास बन्द गर्दै कर्मचारी फिर्ता गरेको थियो ।

सन् २०१३ मा अमेरिकाले त्यहाँको संघीय सरकारलाई मान्यता प्रदान गरे पनि दूतावास भने खुल्न सकेको थिएन । केन्याको नैरोबीबाटै हेर्दै आइरहेको थियो ।

त्यसको ५ वर्षपछि अमेरिकाले मोगादिशुमा दूतावास स्थापना गरेको छ । जसको नेतृत्व डोनाल्ड यामामोतोले गर्नेछन् ।

अमेरिकाको राज्य विभागले अफ्रिकन देशको प्रगतिका लागि लक्षित गर्दै सोमालियामा कूटनीतिक उपस्थिति जनाउने ऐतिहासिक निर्णय गरेको जनाएको छ ।

राज्य विभागकी प्रवक्ता हिथर नउर्टले सन् २०१३ मा त्यहाँको संघीय सरकारलाई मान्यता दिने निर्णयपछिको अर्को कदम भएको उल्लेख गर्दै यसले सोमालियाको प्रगतिमा सहयोग पुग्ने विश्वास व्यक्त गरेकी छन् । ‘सोमालियामा हाम्रो पुनः उपस्थितिले संयुक्त राज्य अमेरिकाको स्थिरिता, लोकतन्त्र र आर्थिक विकासको प्रतिबद्धता दर्शाउँछ’, हिथरद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment