Comments Add Comment

१५ करोडभन्दा बढीको आइपिओ जारी गर्ने तयारीमा घलेम्दी हाइड्रो

१९ मंसिर, काठमाडौं । म्याग्दीमा रहेको घलेम्दी हाइड्रो पावर प्रालिले १५ करोड भन्दा बढीको साधारण सेयर (आइपिओ) बिक्री गर्ने तयारी गरेको छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा रहेको चार मेगावट क्षमताको आयोजनाले १५ करोड ५५ लाख ७७ हजार बराबरको आइपिओ बिक्री गर्ने तयारी गरेको हो ।

आइपिओ जारी गर्न कम्पनीले धितोपत्र बोर्डबाट स्वीकृति समेत पाइसकेको छ । केही समय अघि आयोजना प्रभावित म्याग्दीवासीका लागि साधारण सेयर बिक्री गरेको आयोजनाले अब अन्य सर्वसाधारणका लागि पनि आइपिओ जारी गर्न लागिएको जनाएको छ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक भिवोर क्यापिटल लिमिटेड रहेको छ । घलेम्दी हाइड्रो पावरले गत असार २२ गतेदेखि साउन २२ गतेसम्म आयोजना प्रभावित स्थानीयका लागि पाँच लाख ५० हजार कित्ता बराबरको साधारण सेयर बिक्रीका लागि खुला गरेकोे थियो । तर, जम्मा ९४ हजार २ सय ३० कित्ता मात्रै बिक्री भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment