Comments Add Comment

पेटले थिचेर प्रेमीको हत्या ! पुलिसकै होस उड्यो

दुनियाँमा मान्छेको हत्या गर्नका लागि घाँटी थिचिएको, हतियार प्रयोग गरिएको, विष खुवाइएकोजस्ता घटना त सुनिएकै हो । तर, एकजना महिलाले आफ्नो पेट प्रयोग गरी मानिसको हत्या गरेकी छन् ।

अमेरिकाको पेन्सिल्भेनियामा एक महिलाले आफ्नै पेटले थिचेर प्रेमीको हत्या गरेकी हुन् ।

४४ वर्षीया विन्डी थोमसले आफ्नो पेटले थिचेर प्रेमी किनो बटलरको हत्या गरेको कुरा प्रहरीसमक्ष स्वीकारेकी छन् ।

उनको त्यो बयान सुन्दा पुलिस पनि झसङ्ग भएका थिए । आखिर उनले कसरी र किन यस्तो गरिन् ? पुलिस अधिकारीका अनुसार पेटले थिचेर मान्छेको हत्या भएको यो सायद पहिलो घटना हुनसक्छ ।

वास्तवमा पेटले थिचेर प्रेमीको हत्या गर्ने ती महिलाको जिउको वजन १ सय ३३ किलो थियो । त्यसैले उनले आफ्नो भारी भरकम पेटले ब्वायफ्रेण्डको गला थिचिदिइन् । जसका कारण बटलरले स्वास फेर्न पाएनन् र उनको मृत्यु भयो ।

डिसेम्बर ३ मा अदालतमा भएको सुनुवाइका क्रममा बोल्दै आरोपी महिलाले भुलबस यस्तो हुन गएको भन्दै आफ्नो बचाउ गरेकी थिइन् । आफू रक्सीको नशामा रहेको र अचानक प्रेमीमाथि बस्दा थिचिएर ज्यान गएको जिकिर उनको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment