Comments Add Comment

६ महिनाभित्र सामसुङको फाइभ जी स्मार्टफोन

स्मार्टफोन जाएन्ट सामसुङले सन् २०१९ को पहिलो अर्धवार्षिक अवधिभित्रै आफ्नो पहिलो व्यवसायिक फाइभ जी स्मार्टफोन ल्याउने घोषणा गरेको छ ।

अमेरिकी टेलिकम कम्पनी भर्जनसँगको सहकार्यमा फाइभ जी स्मार्टफोन ल्याउने घोषणा सामसुङले गरेको हो ।

आगामी हप्ता हुने क्वालकोम सम्मेलनका क्रममा भर्जन र सामसुङले औपचारिक रुपमा फाइभ जी स्मार्टफोनको प्रारुप घोषणा गर्नेछन् । यसमा क्वालकोमको स्नापड्रागन मोबाइल प्लाटफर्म हुनेछ । जसमा स्नापड्रागन एक्स फिफ्टी मोडेम र एन्टेना मोड्युल रहनेछ । त्यसमा इन्टिग्रेटेड आर एफ ट्रान्सिभर, आर एफ फ्रण्ट एन्ण्ट तथा एन्टेना रहनेछ ।

स्मरण रहोस् भर्जनले गत अकटोबरमा विश्वमै पहिलोपटक व्यवसायिक फाइभ जी नेटवर्क सर्भिस सुरुवात गरकेो थियो ।

ह्युस्टन, इन्डियानापोलिस, लस एन्जल्स तथा साक्रामेन्टोमा फाइभ जी होम सर्भिस सुरु भैसकेको छ । भर्जनको फाइभ जी मोबाइल सर्भिस चाहीँ सन् २०१९ को सुरुवात देखि नै सुरु हुने र तिव्र रुपमा विस्तार गरिने बताइएको छ ।

सामसुङको फाइभ जी स्मार्टफोनमा भर्जन कम्पनीको अल्ट्रा वाइड ब्याण्ड नेटवर्क चल्नेछ । जसमा प्रयोगकर्ताले अत्यधिक तीव्र गतिको इन्टरनेटका साथै विभिन्न गेम्स तथा फिचरहरु प्रयोग गर्न पाउनेछन् ।

स्मरण रहोस् सामसुङ भन्दा अगाडि अन्य धेरै कम्पनीले पनि फाइभ जी स्मार्टफोन ल्याउने घोषणा गरिसकेका छन् । यसमा वन प्लस, हुवावे र साओमी अग्रस्थानमा रहेका छन् । तर एप्पलले चाहीँ सन् २०१९ मा फाइभ जी स्मार्टफोन बनाउने योजना रद्द गरिसकेको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment