Comments Add Comment

कपिलवस्तुमा ट्याक्टर दुर्घटना, १ जनाको मृत्यु

१९ मंसिर, कपिलवस्तु । ट्याक्टर पल्टिँदा कपिलवस्तु नगरपालिका–९ कुश्मामा गएराति एक जनाको मृत्यु भएको छ ।

स्थानीयवासी ४० वर्षीय श्याम यादवको दुर्घटनामा मृत्यु भएको हो ।

कुश्माघाटबाट कुश्मातर्फ आउँदै गरेको लु ३ त ५२१६ नं को ट्याक्टर पल्टिँदा त्यसमा सवार यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्याक्टर प्रहरी नियन्त्रणमा छ । चालक फरार छन् । उनको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment