Comments Add Comment

नेपाली फिल्म ‘पासवर्ड’मा सन्नीको हट आइटम

बलिउडकी हट नायिका सन्नी लियोनीले एक नेपाली चलचित्रमा आइटम नृत्य गरेकी छिन् । सन्नी लियोनीले आइटम नृत्य गरेको चलचित्र ‘पासवर्ड’का केही तस्बिर यसको निर्माणपक्षले सार्वजनिक गरेको छ । लण्डनमा छायांकन गरिएको यो गीतका लागि महंगो बजेट खर्च गरिएको छ । चलचित्रमा समावेश हुने ‘सन्नी हो नाम मेरो’ बोलको गीतमा सन्नीले नृत्य गरेकी छिन् भने कोरियोग्राफर बिष्णु देभाले भिडियोको निर्देशन गरेका छन् ।

बिष्णुले बलिउडका चर्चित नायकहरु साहरुख खान, सलमान खानलाई समेत कोरियोग्राफी गरिसकेका छन् । अर्जुन पोखरेलको संगीत रहेको यो गीतको भिडियोमा नृत्य गर्न सन्नी ७ जनाको टिमसहित लण्डन पुगेकी थिइन् । यो गीतको भिडियोमा सन्नीलाई २ सय बढी डान्सरलाई साथ दिएका छन् ।

सन्नीले यो गीतका लागि २ करोड भारतीय रुपैयाँमा संझौता गरेको निर्माणपक्षले बताएको छ । सम्राट बस्नेतको निर्देशनमा तयार भएको यो चलचित्रमा सन्नीको माग अनुसार नै गीत तयार पारिएको हो । एबी इन्टरनेशनलको ब्यानरमा बनेको चलचित्रमा विक्रम जोशी, हिरल जोशी, अमित बस्नेतको लगानी छ ।

एक्सन र थ्रिलर कथामा चलचित्र बनेको छ । चलचित्रमा अनुप विक्रम शाही, विक्रम शाही, वुद्दि तामाङ, छुल्ठिम गुरुङ लगायतका कलाकारको अभिनय छ । सौरभ लामाले यो चलचित्र खिचेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment