Comments Add Comment

विद्युतीय बस किन्न साझा यातायातसँग हातेमालो गर्दै प्रदेश सरकार

१९ मंसिर, काठमाडौं । ३ नम्बर प्रदेशको सरकारले साझा यातायातसँग ३० करोड रुपैयाँ बराबरको शेयर किन्ने भएको छ । यो रकमबाट साझाले प्रदेशका पाँच शहरमा विद्युतीय बस चलाउनेछ ।

बुधबार भएको छलफलमा प्रदेश सरकारले विद्युतीय बस किन्न ३० करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिएको छ । विद्युतीय सवारीको प्रवर्द्धन गर्न प्रदेश सरकारले साझाको साथ खाजेकाले त्यसमा आफूहरुले सहमति जनाएको साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितले जानकारी दिए ।

प्रदेश ३ को सरकारले २०८५ सालभित्र प्रदेशका पाँच वटा सहरमा पेट्रोलियम पदार्थबाट सञ्चालित सवारीसाधन विस्थापित गर्ने नीति लिएको छ ।

यही नीति कार्यान्वयन गर्न चालू आवमा साझाबाटै शेयर खरिद गर्न लागिएको प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बताएका छन् । ‘हामीले विद्युतीय बस सञ्चालन गर्ने नीति अघि सारेर केन्द्र सरकारलाई पनि भनेका छौं’ उनले भने,’ ‘संघीय राजधानी काठमाडौंसँग प्रदेश सरकारको उपस्थिति देखाउन विद्युतीय सवारी सेवा सञ्चालनमा साझासँग सहकार्य गर्न तयार भएका हौं ।’

काठमाडौं महानगरपालिका पनि विद्युतीय बस खरिदका लागि लगानी गर्न तयार रहेको बताएको छ । ‘ललितपुर महानगरले पनि सानो भएपनि लगानी गर्छौं भनेको छ’ साझाका प्रमुख कार्यकारी अधिकृत भुषण तुलाधरले भने,’यसबाट राम्रो सुरुआत हुन्छ भन्ने हामीलाई लागेको छ ।’

मेयर प्रमुख विद्यासुन्दर शाक्यले विद्युतीय सवारी विस्तार गर्न महानगरले यसैवर्ष १० करोड बजेट विनियोजन गरेको जानकारी दिए ।

एसियाली विकास बैंक (एडीबी)ले लुम्बिनीमा गुडाउन दिएको ५ वटा विद्युतीय बस काठमाडौंमा परीक्षण गर्न भन्दै सरकारले साझा यातायातलाई दिइएको छ । तर, अझै सञ्चालनमा आएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment