Comments Add Comment

विज्ञापन एजेन्सी मार्स स्थापनाकाे १५ वर्ष पूरा

१९ मंसिर, काठमाडौं । विज्ञापन एजेन्सी मार्स प्रालिले अाफ्नाे १५ औं वार्षिकाेत्सव मनाएको छ । यसै दौरानमा पूर्ण रुपमा संचालनमा रहेको यस विज्ञापन एजेन्सीले पि्रन्टिङ, विज्ञापन, एफ एम नेटवर्किङ बजार विकास तथा अनुसन्धानको क्षेत्रमा ठूलाे सफलता प्राप्त गरेकाे दाबी गरेको छ ।

वार्षिकाेत्सवकाे सन्दर्भ  पारेर यस एजेन्सीले डिजिटल मार्केटिङको पनि शुरुवात गरेको जानकारी दिएको छ । पन्ध्र वर्षको समयावधिमा अाफ्नाे पूर्ण आत्मविश्वास र भरोसाको साथ अाफ्ना ग्राहकहरुलाई सन्तुष्टि प्रदान गर्दै अाएकाे कम्पनी बताउँछ ।

कम्पनीका प्रबन्ध निर्देशक मनिष अधिकारी भन्छन्, ‘१५ वर्षको सफल कार्यले हामी लगायत सम्पूर्ण टीममा उत्साह थपिएको छ । २००३ मा स्थापित भएर २०१८ सम्म आइपुग्दा नेपालका केही ख्याति प्राप्त कम्पनीको सेवा गर्न पाएका छौं, साथमा अझ राम्रो गर्नुपर्ने चुनौती थपिएको छ ।’

मार्सले स्थापनाको १५औं वर्ष पार गर्दै गर्दा ग्रोइङ वल्डर ग्रोइङ वीसर भन्ने नाराका साथ अघि बढ्ने विज्ञप्तिमा जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment