Comments Add Comment

पुलिस, महेन्द्र मेमोरियल, लिटल फ्लावर्स र इस्टर्न क्वाटरफाइनलमा प्रवेश

१५ औं ललित अम्बर डिपो कप फुटबलमा पुलिस स्कुल, महेन्द्र मेमोरियल, लिटल फ्लावर्स र इस्टर्न स्कुल क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

बुधबार भएको खेलमा पुर्व श्रेत्रीय स्कुलले सेक्रेटहर्टलाई ४-० गोलअन्तरले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाए । पूर्व क्षेत्रीयको जितमा जेसन खातुन, श्रदन्य श्रेष्ठ, सोनी यादव र प्रवेश तामाङले गोल गरे ।

त्यस्तै, महेन्द्र मेमोरियलले वेलिवर्स पञ्चकन्यालाईर् २-१ गोलअन्तरले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाइएको हो । महेन्द्र मेमोरियलका लागि सुजन सरदार र निश्चल धमलाले गोल गरे । यता, बेलिवर्सका लागि अमन राईले गोल गरेका थिए । लिटल फ्लावर्सले काम्रेललाई १-० गोलअन्तरले पराजित गर्दा पर्वत लिम्बुले निर्णायक गोल गरे ।

त्यस्तै, इस्टर्नले धरान आदर्शलाई १-० गोलअन्तरले पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेको हो । इस्टर्नलाई अन्तिम आठमा स्थान दिलाउन उमङ राईले गोल गरे ।

बिहीबार हुने खेलमा पहिलो क्वाटरफाइनलमा पूर्व क्षेत्रीय प्रहरी स्कुल र हिमशिखर तरहरा प्रतिस्पर्धा गर्दै छ । त्यस्तै, दोस्रो खेलमा मेरिल्याण्डले आइडलबीच प्रतिस्पर्धा हुदैछ । प्लेट च्याम्पियनतर्फ भोलि नै डिपो र नवज्योतिबीच प्रतिस्पर्धा हुदा अर्को खेलमा सेक्रेटहर्टले सिर्जना स्कुलको सामना गर्दै छ ।

विकास चाम्लिङ राई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment