Comments Add Comment

१८ वर्ष नपुग्दै ज्यान मार्न उद्धत्

घटना १
गत कात्तिक २ गते दशैको टिकाको दिन मोरङको पथरी शनिश्चरे नगरपालिका- ८ का बिजय खडकाको हत्या आरोपमा १७ वर्षीय कृष्ण बिष्ट पक्राउ परे । १३ वर्ष अघि कृष्णका बुबा अर्जुन बिष्ट खोटाङका भाले दाहाल हत्या आरोपमा सजाय काटीरहेकै अवस्थ २०७० सालमा बितेका थिए ।

दाहाल हत्या आरोपमा बिष्ट सहित पक्राउ परेका बिजय खडका र सूर्य तामाङ केही समय पछि छुटेका थिए । आफ्नो बुबालाई मात्र फसाएको भन्ने सुनेका कृष्णले प्रतिसोध साध्न खड्काको हत्या गरेर प्रहरीमा आत्मसमपर्ण गरेका थिए ।

घटना २

गत कातिक २ गते दशैंको टिकाकै दिन विराटनगर- ९ हनुमान मन्दिरमा लागेको मेला हेर्न आएका १९ वर्षीय राहुल भगतको छुरा प्रहारबाट हत्या भयो । हत्याको कारण ठूलो थिएन् । मेलाको भिडमा ठोक्किंएको निहुँमा विवाद हुदा कुहिरा भन्ने बिषाल सहनीसहित पाँचजनाको समूहले छुरा हानेको थियो । पाँचै जना १८ वर्षमुनीका छन् ।

घटना ३

गत असोज १ गते विराटनगर- १७ का १८ वर्षीय महम्मद अस्फाकको अपहरणपछि हत्या भयो । हत्या आरोपमा उनकै साथी २० वर्षीय मोहम्मद सद्दिम हुसेन र २१ वर्षीय मोहम्मद अरिफ आलम पक्राउ परे ।

विदेश जाने तयारीमा रहेका हुसेनले रमाइलो गर्नका लागि खर्च जुटाउन अपहरण गरेकै दिन हत्या गरेर फिरौती मागेका थिए । असोज ७ गते हृयुमपाइप भित्र महम्मदको शव भेटिएपछि पक्राउ परेका आलम र हुसेन कात्तिक ९ गते इलाका प्रहरी कार्यालय रानीबाट फरार भए ।

घटना ४

गत भदौ १ गते शुक्रवार मोरङको ग्रामथान गाउँपालिका- ३ सिद्र्रहामा विराटनगर- १३ का ३० वर्षीय दिनेश भट्टराईले २३ बषिर्य शिखा घिमिरेको विभत्स हत्या गरे । अष्टे्रलिया जाने तयारीमा रहेकी घिमिरेलाई बेलबारी जाने बहाना बनाएर हत्या गरेको आरोपमा दिनेश पक्राउ परे ।

मोरङ पछिल्लो तीन महिनामा भएका यी चार जघन्य अपराधका घटनामा पीडित र पीडक दुबै १५-३० वर्ष उमेर समुहका छन् । प्रहरीको तथ्याङकले पनि अपराधिक गतिविधिमा युवा संलग्नता बढेको देखाउँछ ।

प्रदेश १ का १४ जिल्लामा आर्थिक बर्ष २०७३/०७४ मा दर्ता भएका ६ हजार १३१ घटनामा संलग्न ६ हजार ७२२ मध्ये ४ हजार ५७० जना १६ बर्षदेखि ३५ बर्षका छन् । २५१ जना १८ बर्ष मुनीका छन् । त्यस्तै, २०७४-०७५ मा दर्ता भएका ७ हजार ८०६ घटनामा संलग्न ७ हजार ४ सय ६१ मध्ये ४ हजार ७२१ जना ३५ बर्ष भन्दा कम उमेरका छन् ।

२०७३ यता दर्ता भएका २८८ वटा कर्तब्य ज्यान मुद्दामा संलग्न ३३६ जना ३५ बर्ष मुनीका युवाहरु छन् । ३५ वर्षभन्दा माथीका ९९ जना छन् । चालु आर्थिक वर्षको पाच महिनामा १४ जिल्लामा दर्ता भएका १७ सय २२ मुद्दामा संलग्न २ हजार ३० मध्ये १ हजार ६४० जना ३५ वर्ष मुनिका छन् ।

तीनवर्षको अवधीमा भएका जवरजस्ती करणी मुद्दामा पनि १६ देखि ३५ वर्षका बढी छन् । ८८० जवरजस्ती करणी मुद्दामा संलग्न ९११ मध्ये ६२६ जना १६ देखि ३५ बर्षका र २६ जना १५ बर्ष मुनिका छन् ।

त्यस्तै, ३८९ वटा ज्यान मार्ने उद्योग मुद्दामा मुछिएका ७१० मध्ये ५२५ जना युवक छन् । हात हतियार तथा खरखजनाका मुद्दामा पक्राउ परेका १६९ मध्ये १०९ जना ३५ वर्ष मुनिका छन् । उर्जाशिल उमेरकाहरु अपराधिक गतिविधिमा संलग्न हुने क्रम बढेको देखाउन यो तथ्यांक काफी छ ।

लागू औषधमा डरलाग्दो अवस्था

मोरङ प्रहरीले गत भदौ २५ गतेबाट लागू औषध सम्बन्धी अपराधविरुद्ध अभियान चलाएको छ । यो अभियान अन्तरगत प्रहरीले लागू औषध प्रयोगकर्तालाई नियन्त्रणमा लिएर परामर्श दिने र अविभावकलाई जिम्मा लगाउने गरेको छ ।

दक्षिणी विराटनगर र जोगवनी बजारलाई नेपाली युवाले लागूऔषध प्रयोग गर्ने क्षेत्र बनाउँदै आएका छन् । यहीको रानी क्षेत्रलाई लक्षित गरी प्रहरीले सञ्चालन गरेको अभियानका क्रममा १९ देखि २५ बर्षसम्मका ८५७ जना लागूऔषध प्रयोगकर्तालाई परामर्श दिएर अभिभावकको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठले बताए । उनका अनुसार तिमध्ये १० जना महिला थिए ।

महेन्द्र मोरङ क्याम्पसमा समाजशास्त्रका उपप्राध्यापक रहेका चन्द्र उपाध्याय सामाजिक विचलनका कारण युवापुस्तामा अपराधिक मनोवृति बढ्दै गएको बताउछन् । यसलाई उनी खतरनाक शंकेत मान्छन् । परिवारिक-सामाजिक विचलनसंगै खराब संगत र सामाजिक सञ्जालका कारण बिचलन बढेको उनको तर्क छ ।

त्यस्तै, कोशी अञ्चल अस्पताल विराटनगरका मेडिकल सुपरीटेण्डेन्ट रहेका मनोरोग बिषेशज्ञ रोशन पोखरेल युवा पुस्तालाई दुब्र्यसन र अपराधबाट जोगाउन परिवारले बिषेश सर्तकता अपनाउनुपर्ने बताउछन् । ‘छोराछोरी पढ्दैछन भनेर ढुक्क बस्नु भएन’ डा. पोखरेल भन्छन्, ‘उनीहरुको इन्टरनेट प्रयोगमा पनि ध्यान राख्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment