Comments Add Comment

चितवन टाइगर्सको कप्तान बने पृथु

काठमाडौं । एभरेष्ट पि्रमियर लिग (ईपीएल)मा चितवन टाइगर्सको कप्तानी पृथु बास्कोटाले गर्ने भएका छन् ।

यू-१९ का पूर्वकप्तान समेत रहेका पृथुलाई कप्तानीको जिम्मा दिइएको चितवन टाइगर्सले जनाएको छ । मार्की प्लेयर भने दीपेन्द्र सिंह ऐरी छन् ।

टिमको प्रशिक्षक कलाम अली छन् भने टिम म्यानेजर स्यामसङजंग थापा रहेका छन् ।

टिमले काठमाडौंमा तयारी थालेको छ । गत सिजन विविध कारणले राम्रो प्रदर्शन गर्न नसकेको भन्दै कप्तान पृथुले यसवर्ष दावेदारीका प्रस्तुत हुने बताए । प्रशिक्षक कमालले टिम सन्तुलित रहेको र युवा जोशले भरिएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment