Comments Add Comment

लिभरपुलले लिग लिडर सिटीसँग अंक दूरी घटायो

२० मंसिर, काठमाडौं । लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा बुर्नलीलाई पराजित गरेको छ ।

लिगको दोस्रो स्थानमा रहेको लिभरपुलले बुर्नलीलाई उसैको घरेलु मैदानमा बुधबार राति ३–१ गोलअन्तरले पराजित गरेको हो । बुर्नलीले लिएको अग्रतालाई उल्ट्याउँदै लिभरपुलले शानदार जित हात पारेको हो ।

लिभरपुलको जितमा जेम्स मिल्नेर, रोबेर्टो फिर्मिन्हो र हेर्डन शाकिरीले गोल गरे । यता, बुर्नलीका लागि भने ज्याक कोर्कले गोल फर्काएका थिए ।

दुबै टिमले पहिलो हाफसम्म भने गोलरहित बराबरी खेलेका थिए । खेलको दोस्रो हाफमा लिभरपुलले उत्कृष्ट प्रदर्शन गर्दै जित हात पार्न सक्यो । तर खेलको ५४औं मिनेटमा कोर्कको गोलबाट बुर्नलीले सुरुवाती अग्रता लिएको थियो ।

खेलको ६२औं मिनेटमा मिल्नेरले गोल गर्दै लिभरपुललाई १–१ गोलको बराबरीमा पु¥याएका थिए । त्यस्तै, खेलको ६९औं मिनेटमा फिर्मिन्हो र अतिरिक्त समयमा शाकिरीले गोल गर्दै लिभरपुललाई ३–१ गोलको जित दिलाएका हुन् ।

जितसँगै लिभरपुलले १५ खेलबाट ३९ अंक जोडेको छ । लिगको शीर्ष स्थानमा रहेको म्यान्चेस्टर सिटी भन्दा लिभरपुल दुई अंकले मात्रै पछि रहेको छ । सिटीको ४१ अंक रहेको छ । पराजित बुर्नली भने लिगको १९औं स्थानमा छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment