Comments Add Comment

साउथह्याम्पटनमाथि टोटनह्यामको सहज जित

२० मंसिर, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्यामले साउथह्याम्पटनलाई पराजित गरेको छ ।

बुबार राति भएको खेलमा आफ्नै घरेलु मैदानमा टोटनह्यामले साउथह्याम्पटनलाई ३–१ गोलअन्तरले पराजित गरेको हो ।

टोटनह्यामको जितमा ह्यारी केन, लुकास मौरा र सोन हेउङ मिनले गोल गरे । साउथह्याम्पटनका लागि भने चार्ली औष्टिनले गोल गरेका थिए ।

खेलको नवौं मिनेटमा नै केनले गोल गर्दै टोटनह्यामलाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोलले अघि रहेको टोटनह्यामले दोस्रो हाफमा थप दुई गोल गर्न सक्यो ।

खेलको ५१औं मिनेटमा लुका र खेलको ५५औं मिनेटमा हेउङ मिनले गोल गर्दै टोटनह्यामलाई ३–० गोलको अग्रता दिलाएका थिए । तर अन्तिम समयमा साउथह्याम्पटनका चार्लीले गोल गर्दै ३–१ गोलको स्थितिमा पु¥याएका थिए ।

जितसँगै टोटनह्यामले १५ खेलबाट ३३ अंक बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment