Comments Add Comment

चेल्सीको नमिठो हार, आर्सनल र म्यान्चेस्टर युनाइटेड बराबरीमा

२० मंसिर, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले नमिठो हार ब्यहोरेको छ ।

बुधबार राति भएको खेलमा चेल्सीले वोल्भेससँग २–१ गोलले पराजित हुदै जारी लिगमा अहिलेसम्मकै खराब प्रदर्शन गरेको हो । चेल्सीमाथि शनसनीपूर्ण जित निकालेको वोल्भेसका लागि राउल जिमिनेज र डिओगो जोटाले गोल गरे । यता, चेल्सीका लागि लोफ्टस चेकले गोल गरेका थिए ।

खेलको १८औं मिनेटमा लोफ्टसले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । तर बाँकी समयमा चेल्सी आफै दबाबमा खेल्न पुग्यो । खेलको ५९औं मिनेटमा जिमिनेज र ६३औं मिनेटमा जोटाले गोल गर्दै चेल्सीविरुद्ध वोल्भेसलाई २–१ गोलको जित दिलाएका हुन् ।

हारसँगै चेल्सीले महत्वपूर्ण तीन अंक गुमाएको छ । चौथो स्थानमा रहेको चेल्सीको १५ खेलबाट ३१ अंक रहेको छ । त्यस्तै, वोल्भेसको भने १५ खेलबाट १९ अंक रहेको छ ।

त्यस्तै, बुधबार राति नै भएको अर्को खेलमा म्यान्चेस्टर युनाइटेड र आर्सनलले २–२ गोलको बराबरी खेलेका छन् । अन्य खेलमा भने लेष्टर सिटीले फुलह्यामसँग १–१ गोलको बराबरी खेल्दा न्युक्यास्टलले इभर्टनसँग पनि १–१ गोलको बराबरीमै खेल टुंग्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment