Comments Add Comment

बार्सिलोना कोपा डेल रेको प्रिक्वाटरफाइनलमा

२० मंसिर, काठमाडौं । बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति नाउ क्याम्पमा भएको खेलमा बार्सिलोनाले कल्चरल लियोनेसालाई ४–१ गोलअन्तरले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको हो ।

खेलको सुरुवाती समयदेखि नै बल नियन्त्रणमा लिएको बार्सिलोनाले खेलको १८ औं मिनेटमा गोल गर्दै अग्रता बनाएको थियो । म्युनिर इल हडडीले गोल गर्दै अग्रता दिलाएका थिए ।

खेलको २६औं र ७०औं मिनेटमा डेनिस स्वारेजल गोल गर्दा अर्को गोल बार्सिलोनाका लागि मेल्कम स्ट्रकले गरेका थिए । यता, लियोनेसाका लागि भने सेनेले गोल फर्काएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment