Comments Add Comment

नोकियाको नयाँ स्मार्टफोन सार्वजनिक, मूल्य कति ?

नोकिया ब्राण्डको स्वामित्व लिएको एचएमडी ग्लोबल कम्पनीले नोकिया ८.१ स्मार्टफोन लञ्च गरेको छ ।

नोकिया एक्स सेभेन स्मार्टफोनको ग्लोबल भेरिएन्टको रुपमा यो स्मार्टफोन कम्पनीले ल्याएको हो ।

दुबईमा आयोजित एक विशेष कार्यक्रममा यो नयाँ एन्ड्रोइड स्मार्टफोन लञ्च गरिएको हो ।

नोकिया ८.१ मा ४ जिबीको र्‍याम हुनेछ । यसको मुख्य विशेषता भनेको २० मेगापिक्सेलको सेल्फी क्यामेरा नै हो ।

यसका साथै यो स्मार्टफोनको ब्याट्री क्षमता पनि उच्च रहेको छ ।

डुअल सिमकार्डयुक्त यो फोन एन्ड्रोइड ९.० पाई अपरेटिङ सिस्टमबाट चल्दछ । फोनमा ६.१८ इन्चको फूल एचडी प्लस डिस्प्ले रहेको छ । जसको एस्पेक्ट रेसियो १८ः७ः९ छ भने स्क्रिन टू बडी रेसियो ८६.५ प्रतिशत रहेको छ ।

यो स्मार्टफोनको डिस्प्लेको माथिल्लो भागमा डिस्प्ले नच रहेको छ भने तल्लो भागमा नोकिया लेखिएको छ । मेटल फ्रेमयुक्त यो स्मार्टफोनमा अक्टाकोर क्वालकोम स्नापड्रागन ७१० प्रोसेसर रहेको छ । यसमा २.५ डी sJ8 ग्लासको प्रयोग गरिएको छ । ६४ जिबी इन्टर्नल स्टोरेजलाई माइक्रो एसडी कार्डमार्फत ४ सय जिबीसम्म बढाउन सकिन्छ ।

यो स्मार्टफोनमा डुअल रियर क्यामेरा सेटअप रहेको छ । कार्ल जाइस अप्टिक्सयुक्त रियर क्यामरामा एउटा १२ मेगापिक्सेलको प्राइमरी क्यामरा छ भने अर्को १३ मेगापिक्सेलको सेकेन्डरी क्यामरा । १२ मेगापिक्सेलको क्यामेरामा अप्टिकल इमेज स्टेबलाइजेसन, इलेक्ट्रोनिक इमेज स्टाबिलाइजेसन र डुअल एलइडी फ्लास जस्ता फिचर रहेका छन् । १३ मेगापिक्सेलको सेकेन्डरी क्यामरा फिक्स्ड फोकस लेन्सयुक्त रहेको छ ।

सेल्फीका सौखिनका लागि यो स्मार्टफोनमा २० मेगापिक्सेलको सेल्फी क्यामरा रहेको छ । यसमा पनि फिक्स्ड फोकस लेन्स रहेको छ ।

यो स्मार्टफोनमा बोथी फिचर रहेको छ । जसका माध्यमबाट एकसाथ अगाडि र पछाडिको क्यामराबाट फोटो खिच्न सकिन्छ ।

नोकिया ८.१ मा युएसबी टाइप सी पोर्टका साथै ३.५ एमएमको हेडफोन ज्याक पनि रहेको छ। यसमा ३५ सय एमएमएचको ब्याट्री छ । यसले १८ वाटको फास्ट चार्जिङ सपोर्ट गर्दछ । यसले दुई दिनको ब्याट्री ब्याकअप दिने दाबी गरिएको छ ।

यो स्मार्टफोनको वजन १७८ ग्राम रहेको छ । यसको लम्बाई १५४.८ मिलिमिटर लम्बाइ, ७५.७६ मिमि चौडाई र ७.९७ मिलिमिटर मोटाई रहेको छ ।

लञ्च गरिएको मोबाइलको मूल्य ५१ हजार नेपाली रुपैयाँभन्दा बढी रहेको बताइएको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment