Comments Add Comment

विचित्र मन्दिर, जहाँ सुन्दर पत्नीका लागि पुरुषले गर्छन् सिँगारपटार

असल वर प्राप्तिको कामना गर्दै महिलाहरुले सोमबारे वर्त गर्ने गरेको त देखिएकै हो । तर कुनै पुरुषले मन्दिरमा गएर महिलाले जस्तै सिँगारपटार गरी सुन्दर पत्नीको वरदान माग्दछन् भन्ने सुन्दा पत्याउन गाह्रो पर्दछ ।

भारतमा रहेको एउटा मन्दिरमा चाहीँ पुरुषहरु गएर सोह्र सिँगार गर्दछन् र भगवानको पुजाअर्चना गर्दछन् ।

त्यहाँ पुग्ने हरेक पुरुषको एकमात्र विशेष उद्धेश्य भनेको सुन्दर पत्नी र राम्रो जागिरको लागि वरदान माग्नु ।

दक्षिण भारतको केरलामा रहेको छ यो मन्दिर । उक्त मन्दिरमा वरदान माग्न जाने पुरुषहरु महिलाले जस्तै सारी लगाएर श्रृंगार गर्नुपर्दछ ।

कोल्लम जिल्लास्थित कोट्टनकुलंगरामा रहेको श्रीदेवी मन्दिरमा यस्तो अनौठो क्रियाकलाप गर्दछन् पुरुषहरु ।

हरेक वर्ष २३ र २४ मार्चमा यो मन्दिरमा चाम्याविलक्कु नामक पर्व मनाइन्छ र त्यो बेला महिलाको जस्तै श्रृंगारपटार गरेर वरदान माग्न आउने पुरुषको भिड लाग्दछ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment