Comments Add Comment

आज काठमाडौंमा यो वर्षकै धेरै जाडो

२० मंसिर, काठमाडौं । आज काठमाडौं उपत्यकामा यस वर्षकै जाडो छ । जाडो अझै बढ्दै जाने मौसमविदले बताएका छन् ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान साढे ६ बजेको रेकर्डअनुसार काठमाडौंको न्युनतम तापक्रम ५.६ डिग्री सेल्सियस पुगेको छ ।

मौसमविद गंगा नगरकोटीले भनिन्, ‘आज बिहान साढे ६ बजेको तापक्रम यो वर्षमा अहिलेसम्मको कम हो ।’ नगरकोटीका अनुसार तापक्रम घट्ने र जाडो बढ्ने क्रम अझै जारी रहन्छ ।

मौसमविदका अनुसार मध्य र पश्चिम पहाडका उच्च भागका केही स्थानमा हल्का पानी पर्ने सम्भावना पनि छ । साथै उच्च हिमाली भागमा हिमपात हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment