Comments Add Comment

चार जना चढेको मोटरसाइकल बससँग ठोक्कियो, एकजनाको मृत्यु

२० मंसिर, जलेश्वर । महोत्तरीको जलेश्वर नगरपालिका ३ मलिवाडामा चार जना चढेको मोटरसाइकल भारतीय नम्बरको बससँग ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका दुई जनाको अवस्था गम्भीर छ ।

ज ६ प १६५० नम्बरको मोटरसाइकल गएराति १० बजेतिर भारतीय नम्बरको बससँग ठोक्किएको थियो । दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । उपचारको क्रममा जिल्ला अस्पताल जलेश्वरमा मृत्यु भएका उनको परिचय खुलेको छैन ।

मोटरसाइकलमा सवार भारतीय नागरिक सोनु ठाकुर, उनकी श्रीमती चुनचुन देवी र भारतकै मेघनाथ ठाकुरको विराटनगर तथा जनकपुरका अस्पतालमा उपचार भइरहेको छ ।

बस चालक फरार छन् । उनको खोजी भइरहेको महोत्तरी प्रहरीले जनाएको छ ।

यसैबीच चितवनको भरतपुर महानगरपालिका ३ न्यूरोडमा गएराति १ बजे ना ५९ प २९९८ नम्बरको मोटरसाइकलको ठक्करबाट कपिलवस्तुका ४० वर्षीय चन्द्रसिंह चौधरीको मृत्यु भएको छ । ठक्कर दिने मोटरसाइकलसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment