Comments Add Comment

लोकन्थलीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

२० मंसिर, काठमाडौं । भक्तपुरको लोकन्थलीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बा ९३ प १४१९ नम्बरको मोटरसाइकल गएराति पौने १२ बजे दुर्घटना हुँदा सिन्धुपाल्चोकको जुगल गाउँपालिका ४ का २३ वर्षीय कुमार श्रेष्ठको मृत्यु भएको हो ।

भक्तपुर सूर्यविनायक बस्दै आएका श्रेष्ठको उपचारको क्रममा नागरीक अस्पताल गठ्ठाघरमा गएराति सवा १२ बजे मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकलको पछाडि बसेको सोही ठाउँका २५ वर्षीय राजकुमार श्रेष्ठ घाइते भएका छन् । उनकोे नागरीक अस्पतालमै उपचार भइरहेको भक्तपुर प्रहरीले जनाएको छ ।

कुमारले चलाएको मोटरसाइकल नियन्त्रण गुमाएर सडक किनारको रेलिङमा ठोक्किएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment