Comments Add Comment

आफ्नो भान्सामा चाइनिज परिकारः यसरी बनाउन सकिन्छ मन्चुरियन

हामी खानामा सौखिन छौं । हाम्रो जिब्रोले नयाँ नयाँ स्वाद फेर्न खोज्छ । त्यसो त हामीकहाँ थरीथरीका खानेकुरा उपलब्ध छन् । विश्वका चर्चित खाना चाख्न अन्त जानुपर्दैन, नजिकका रेष्टुरेन्ट पुगे हुन्छ ।

यद्यपी रेष्टुरेन्टको खाना त्यती स्वस्थ्यकर नहुन सक्छ । साथसाथै खर्चिलो पनि । यस्तो अवस्थामा घरमै बनाएर नयाँ परिकारको स्वाद किन नलिने ?

तपाईलाई लागिरहेको हुनसक्छ कति नेपाली खाना मात्रै खाने बेलाबखत त अरु परिकार बनाएर पनि चाखौं न । यस्तोमा भेज मन्चुरियन उत्तम विकल्प हुन सक्छ ।

हुन पनि चाइनिज खाना मन्चुरियनको नाम सुन्दैमा सबैको मुखमा पानी आँउछ ।

मन्चुरियनको स्वाद धेरै मनपर्छ भने तपाईंले यसलाई घरमै बनाएर पनि खान सक्नुहुन्छ ।

यो परिकार स्वादिष्ट हुनाको साथसाथै बनाउन पनि धेरै सजिलो छ । हाम्रै भान्छामा उपलब्ध सामान्य सामाग्रीबाट मन्चुरियन तयार गर्न सकिन्छ ।

मन्चुरियन बल्सको लागि आवश्यक सामग्री

बन्दागोभीः १ कप काटिएको

सिमीः २ ठूलो चम्चा

गाँजरः आधा कप काटिएको

भेडे खुसार्नीः आधा कप काटिएको

लसुनः आधा चम्चा काटिएको

अदुवाः आधा चम्चा काटिएको

प्याजः २ चम्चा

प्याजको पातः १ चम्चा काटिएको

मैदाः आधा कप

कर्नफ्लोरः आधा कप

मरिचको धुलोः १ चम्चा

नुनः स्वादअनुसार

तेलः आवश्यकता अनुसार

ग्रेभी बनाउने सामग्री

तेलः १ ठूलो चम्चा

अदुवाः आधा चम्चा काटिएको

लसुनः आधा चम्चा काटिएको

प्याजः आधा कप काटिएको

कागतीको रसः २ चम्चा

सोया ससः २ चम्चा

रेडचिल्ली ससः २ चम्चा

टोमाटो ससः २ चम्चा

मरिचको धुलोः आधा चम्चा

चिनीः आधा चम्चा

पानीः १ कप

नुन स्वादअनुसार

मन्चुरियन बल्स बनाउने विधि

१. सबैभन्दा पहिले एक कचौरामा बन्दागोभी, गाँजर, सिमी, भेँडेखुर्सानी, अदुवा, लसुन, हरियो प्याज, प्याज, मरिचको धुलो, मैदा, कर्न फ्लोर र स्वादअनुसार नुन राख्नुहोस् ।

२. सबै सामग्रीलाई मिसाउनुहोस् र त्यसमा १ कप पानी राखेर पेस्ट बनाउनुहोस्

३. उक्त पेस्टलाईसानो सानो डल्लो बनाएर प्लेटमा राख्नुहोस्

४. कराईमा आवश्यक मात्रामा तेल राखेर तताउनुहोस्

५. तेल तातिसकेपछि मन्चुरियन बल्सलाई डिप प|mाई गर्नुहोस् र बाहिर निकालेर आल्मुनियम फोयलमा राख्नुहोस् ताकी धेरै भएको तेल निस्कियोस् ।

ग्रेभी बनाउने विधि

१. प्यानमा तेल तताउनुहोस् । त्यसमा अदुवा, लसुन र हरियो प्याज राखेर पाँच देखि सात मिनेटको लागि पकाउनुहोस् ।

२. अब यसमा भिनेगर, सोयासस, रेड चिल्ली सस, टोमेटो सस, नुन र आधा चम्चा मरिचको धुलो राखेर पाँच मिनेटसम्म पकाउनुहोस् ।

३. फेरि यसमा आधा चम्चा चिनी र मन्चुरियन बल्स राखेर सानो आँचमा पकाउनको लागि छोडिदिनुहोस् ।

४.  भेज मन्चुरियन तयार भयो । यसलाई तात्तातो सर्भ गरेर परिवारसँग बसेर स्वादिलो भेज मन्चुरियनको मज्जा लिनुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment