Comments Add Comment

अनिद्रामा औषधी : केही छ कि अरु उपाय ?

अहिले धेरैलाई ओछ्यानमा पल्टनसाथ छटपटी हुन्छ । निद्रा लाग्दैन । मन बेचैन हुन्छ । औडाह हुन्छ । कोल्टो फेर्दा-फेर्दै रात गुज्रिन्छ । मरिगए, निद्रा लाग्दैन ।

अनिदो ज्यान लिएर चिकित्सककहाँ पुग्छन् । धामीझांक्रीकहाँ धाउँछन् । निद्रा पाउनका लागि कतिले बुटी बाँध्छन्, कतिले निद्राको औषधी चपाउँछन् ।

आखिर किन निद्रा भाग्दैछ ?

जबकी भोक लाग्नु, तिर्खा लाग्नु, दिसा-पिसाब लाग्नु जस्तै स्वभाविक र प्राकृतिक प्रक्रिया हो निद्रा । जति समय हामी सक्रिय एवं चलयामान रहन्छौं, उत्तिनै समय विश्रामको पनि जरुरी हुन्छ । यस्तो विश्राम, जो निद्राले मात्र पुरा गर्न सक्छ ।

तर, निद्रा नलागेपछि के गर्ने ?

 भाग्दैछ निद्रा 

गहिरो निद्रा नपर्दा मानिसले शारिरिक, मानसिक र भावनात्मक रुपमा ताजापन महसुष गर्न सक्दैन । बेलाबखत निद्रा नपर्नु सामान्य हो । तर, कतिपयमा अनिद्रा समस्याको रुपमा गडेर बसेको हन्छ ।

पछिल्लो समय यस्ता मान्छेको संख्या निकै बढ्दो छ । निद्रा नपर्दा शरीरलाई प्रयाप्त उर्जा पनि पुग्दैन । जसले दैनिकीमा नै खराव असर पुर्‍याईरहेको हुन्छ । त्यसैले अनिद्राको समस्या छ भने तत्काल यसको समाधानमा लाग्न जरुरी हुन्छ ।

बिपुला श्रेष्ठ

कति समय निदाउनु पर्छ ?

निद्राको मात्र मान्छे र उमेर समूहअनुसार फरक फरक हुने गर्छ । त्यसैले, सबैभन्दा पहिले आफुलाई कति निऽाको आवश्यकता छ भन्ने कुराको पहिचान गर्न जरुरी हुन्छ ।

कतिलाई ५-६ घण्टा निदा पनि पुग्छने भने कतिले ७-८ घण्टा नै समय दिनुपर्ने हुन्छ । सामान्यतया २४ घण्टामा ७ देखि ९ घण्टासम्म निदाउन जरुरी हुन्छ ।

के हो अनिद्रा ?

सामानयतया अनिद्राभनेको रातका समयमा निदाउन कठिन हुने अवस्था हो । त्यतिमात्र नभएर निदाइसकेपछि पनि बीच बीचमा निद्राटुट्ने र बिहान निकै छिटो आँखा खुल्ने र फेरि निदाउन गाह्रो पर्ने अवस्था अनिद्राको कारण हनुे गर्छ ।

अनिद्रा विशेष गरि छोटो समयको लागि र लामो समयसम्म हुने गरि दुई प्रकारको हुन्छ ।

यसकारण हुन्छ अनिद्रा

– अनिद्रा आफैमा रोग भन्दा पनि विभिन्न शारीरिक तथा मानसिक रोगका लक्षणक हो । कतिपय अबस्थामा अन्य कुनै समस्या नभई अनिद्राको मात्रै समस्या पनि हुने गर्छ । जसलाई अनिद्राको शुरुवातको रुपमा बुझ्नुपर्छ ।

– अनिद्राका धेरै कारणमध्यै अचानकको तनाव, क्षणिक उत्तेजना, भय, शारीरिक तथा मानसिक तनाव आदिको कारणले अनिद्राको समस्या निम्तने गर्छ ।

– डिप्रेशन, एन्जाइटी लगायत अन्य मनोवैज्ञानिक रोगको शुरुवाती अवस्था पनि हो, अनिद्रा । त्यसबाहके रोग, चिन्ता, दुखाई, डर आदीका कारण पनि निद्रा नलाग्ने समस्या हुन सक्छ ।

– निद्रा नलाग्ने समस्या पनि विभिन्न प्रकृतिका हुन्छन् । कहिलेकाँही अत्याधिक शारिरीक परिश्रमको कारण हुने थकानले पनि निद्रा लाग्न गाह्रो पर्न सक्छ । वा केेही समयपछि निद्रा खुल्ने र फेरी निद्रा पर्न गाह्रो हुन्छ । कहिलेकाँही हुने यस्ता समस्यालाई भने रोगको रुपमा बुझ्नु हुँदैन ।

समाधान के त ?

– अनिद्राको समस्याबाट मुक्त हुनका लागि सकेसम्म एउटै समयमा सुत्ने वानी बसाउनुपर्छ । कुनै दिन निद्रा नलगेको अवस्थामा विहान अवेरसम्म सुत्ने गर्नु हुँदैन । किनकी यसले आफ्नो नियमित रुटिङलाई असर पुर्‍याउने गर्छ । समयमै सुत्ने बानी बसाएमा कुनै दिन निद्रा परेन भने पनि अर्को दिनबाट नियमित निद्रा पर्न थाल्छ ।

– यदि सुत्ने प्रयास गर्दा पनि निद्रा लागेन भने निदाउनका लागि थप प्रयास गर्नुहँदैन । धेरै जसो मानिसहरु निद्रा आएन भनेर निरन्तर निदाउने प्रयास गरिरहन्छन् । यस्तो गतिविधिले द्वन्द्वको र्सिजना गर्छ र तनाब हुन जान्छ ।

–  राती सुत्ने बेलामा कफी, चुरोट, रक्सीको सेवनको गल्ती गर्नु हुँदैन । राती अबेरसम्म टी.भी. हर्ने, इन्टरनेट चलाउने बानीले पनि अनिद्राको समस्या सृजना गर्छ ।

–  बरु दैनिक रुपमा शारीरिक कसरत गर्नुपर्छ । जसमध्ये योग, ध्यान, प्राणयामले पनि अनिद्राको समस्यालाई धेरै हदसम्म समाधान गर्ने काम गर्छ ।

–  रातको समयमा भने सक्रियभन्दा पनि निस्त्रिmय खालको ध्यान गर्दा राम्रो हुन्छ । जसको लागि प्रशिक्षकसँग परामर्श लिनु राम्रो हुन्छ ।

–  रातको समयमा हल्का मात्र भोजन लिनुपर्छ । तर, भोकै भने सुत्नु हुँदैन ।

औषधिको प्रयोग कति उचित ?

तत्कालको लागि अनिद्राको समस्या समधान गर्न कतिपयले औषधीको साहारा लिने गर्छन् । तर, यसो गर्नु राम्रो होइन । औषधीको नियमित सेवनले बिना औषधी निद्रै नलाग्ने अर्को समस्या निम्त्याउने गर्छ । यदि कुनै शारीरिक, मानसिक समस्याहरू भएमा मनोचिकित्सकसँग परामर्श लिएर मात्र औषधी सेवन गर्नुपर्छ ।

लेखक होलिस्टिक माइण्ड्स एण्ड लाइफ सेलिब्रेसन सेन्टर, धापासीकी मनोविज्ञ हुन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment