Comments Add Comment

मेस्सी पाचौं स्थानमा रहनु हास्यास्पदः प्रशिक्षक इर्नेस्टा

काठमाडौं । लिओनल मेस्सीलाई बोलोन डि’ओर अवार्डको पाचौं स्थानमा राखिनु हास्यास्पद भएको बार्सिलोनाका प्रशिक्षक इर्नेस्टा भालभेर्डेले बताएका छन् ।

१८० पत्रकारको मतका आधारमा फ्रान्स फुटबल म्यागजिनले यो सिजनको बालोन डि’ओर रियल मड्रिडका मिडफिल्डर लुका मोडरिकलाई दिएको छ । बार्सिलोना तथा अर्जेन्टिनाका फरवार्ड मेस्सी २००६ पछि पहिलोपटक शीर्ष तीनमा पनि पर्न सकेनन् । पाँच पटक यो अवार्ड जितेका ३१ वर्षीय मेस्सी पाँचौं स्थानमा रहे ।

‘बोलोन डि’ओर जितेकोमा मोडरिकलाई बधाइ छ तर, मेस्सी पाँचौं स्थानमा रहनु हास्यास्पद हो,’ भालभेर्डेले भने ।

गत सिजन मेस्सी युरोपको सर्वाधिक गोलकर्ता बन्दै पाँचौंपटक गोल्डेन बुट जितेका थिए । बार्सिलोनाले ला लिगा र कोपा डेल रेकको उपाधि जित्दा उनले ३४ गोल गरेका थिए । तर, मतदानमा उनले २८० मत मात्र पाए जबकी मोडरिकले ७५३ मतसहित अवार्ड जितेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment