Comments Add Comment

सुर्खेतमा ५ महिनामा ८ हजार बढी सवारीसाधन कारबाहीमा, साढे ५१ लाख राजश्व संकलन

२० मंसिर, काठमाडौं । सुर्खेतमा पछिल्लो ५ महिनामा ८ हजार ३७४ वटा सवारीसाधन कारबाहीमा परेका छन् । ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधन कारबाहीबाट ५१ लाख ४९ हजार ५०० राजश्व संकलन भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतको तथ्यांक अनुसार सबैभन्दा धेरै कात्तिक महिनामा दुई हजार दुई २९० सवारीसाधन कारबाहीमा परेका छन् भने १४ लाख ४८ हजार ५०० राजश्व संकलन भएको छ ।

यस्तै, साउनमा एक हजार ४४१ सवारीसाधन कारबाहीमा परेका छन्, जसबाट ८ लाख ५२ हजार ५०० राजश्व संकलन भएको छ ।

भदौमा एक हजार ६९७ कारबाहीमा १० लाख ३७ हजार राजश्व, असोजमा एक हजार ८१४ कारवाहीबाट १० लाख ४२ हजार राजश्व र मंसिरमा एक हजार १३४ कारबाहीबाट ७ लाख ६९ हजार ५०० राजश्व संकलन भएको ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।

२१ दुर्घटना १३ को मृत्यु

गत साउनदेखि मंसिरसम्म २१ वटा सवारीसाधन दुर्घटना भएका छन् । जसमा १३ जनाको मृत्यु भएको छ भने ९२ जना घाइते भएको ट्राफिक प्रहरीको तथ्यांक छ ।

मंसिर महिनामा बढी क्षति भएको छ । मंसिरमा ४ दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने ५३ जना घाइते भएका छन् ।

कात्तिकमा पनि चार दुर्घटना भएकोमा ३ को मृत्यु र ३ जना घाइते भएका छन् । असोजमा ७ दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

यस्तै, भदौमा ५ दुर्घटनामा २ जनाको मृत्यु, २४ घाइते भएका छन् । साउनमा एउटा मात्र सवारी साधान दुर्घटना भएको छ । जसमा एकजनाको मृत्यु भएको ट्राफिकको तथ्यांक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment