Comments Add Comment

बुटवल उपमहानगरपालिकाले धान धितो राखेर किसानलाई ऋण दिने

२० मंसिर, बुटवल । बुटवल उपमहानगरपालिकामा धान धितो राखेर किसानहरुले ऋण पाउने भएका छन् । उपमनगरपालिकाले पहिलो पटक किसानहरुको धान धितोमा राखेर कृषि ऋण प्रदान गर्ने प्रक्रिया सुरुआत गरेको हो ।

पहिलो चरणमा किसानले उत्पादन गरेको धानलाई सहकारीमा धितो राखेर सहकारीमार्फत किसानलाई ऋण प्रदान गर्ने योजनाअनुसार बिहीबार बुटवल-१४ सेमलारमा रहेको सिम्रिक कृषि सहकारी संस्था र बुटवल उपमानरपालिकाको बीचमा समझदारी पत्रमा हस्ताक्षरसमेत भएको छ ।

बुटवल उपमानरपालिकाबाट प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र सिग्देल र सिम्रिक कृषि सहकारी संस्थाका अध्यक्ष गणेशबहादुर गाहाले हस्ताक्षर गरे ।

बुटवलको सेमलार, मोतिपुर क्षेत्रका किसानहरुले उत्पादन गरेको धान उचित भण्डार स्थानको अभावको कारण उचित मूल्य बिना नै बिक्री गर्दै आएका थिए ।

‘अब किसानहरुले सहकारीमा आफू्ले उत्पादन गरेको धानलाई सहकारीमा धितोको रुपमा राखेर कृषि ऋण लिन सक्छन्, उत्पादन गरेको धान सहकारीमा राखेमा कुनै पनि भाडा तिर्नुपर्दैर्न, किसानको भाडा नगरपालिकाले तिरिदिन्छ,’ प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र सिग्देल भने ।

बुटवल उपमनगरपालिका प्रमुख शिवराज सुवेदीलेले किसानहरुको समस्यालाई सामाधान गर्नको लागि पहिलो चरणमा किसानहरुको धानलाई भण्डारणमा अनुदान प्रदान गरिएको जानकारी दिए ।

पहिलो चरणमा किसानको धान मात्रै सहकारीमार्फत भण्डारण गर्ने सम्झौता सहकारीमार्फत गरिएकोमा आगामी दिनमा अन्य गहुँ, दाल जन्य कृषि उपजसमेत भण्डार गरी किसानहरुलाई ऋण उपलब्ध गराउने तयारी गरिएको मेयर सुवेदीको भनाइ रहेको छ ।

बुटवल उपमहानरपालिका, कृषि विकास महशाखा प्रमुख बरिष्ठ कृषि विकास अधिकृत भिमनाथ शर्माले किसानहरुले उत्पादन गरेको धानलाई सहकारीमा भण्डारण गरेबापत सहकारीले लिने भाडा रकम नगरपालिकाले प्रदान गर्ने छ । जसको लागि नगरपालिकाले २ लाख ५० हजार रुपैयाँको सम्झौता सहकारीमार्फत गरेको हो ।

किसाले यसरी भण्डारण गरेको धानलाई धितोको रुपमा सहकारीले स्वीकार गरी ऋणसमेत प्रदान गर्ने सम्झौता गरिएको छ ।

ऋण चुक्तापश्चात किसानले आफ्नो धान बिक्री गर्न पाउने सिमि्रक कृषि सहकारी संस्थाका अध्यक्ष गणेशबहादुर गाह मगरले जानकारी दिए ।

सहकारीका सचिव टोपनारायण घिमिरेका अनुसार वि.स. २०६६ सालमा स्थापना भएको सहकारीले आईडब्लु आरएमपीको अनुदानमा बीउ प्रशोधन केन्द्र, भण्डारण केन्द्रसमेत स्थापना गरेर सञ्चालन गर्दैै आएको छ ।

१० कठ्ठा क्षेत्रफल रहेको सहकारीले २ सय ५० मेटि्रक टनको ओपनज सेड निर्माण गरेको छ भने १५ सय मेटि्रक टन र अर्को २ सय ५० मेटि्रक टन क्षमताको गोदाम घर निर्माण गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment