Comments Add Comment

फिल्म रिलिज अगावै साराको प्रशंसा

बलिउडमा अहिले नयाँ नायिकाहरुको प्रवेश बढेको छ । अझ, बलिउड कलाकारकै सन्ततीको प्रवेशले बलिउडलाई तताउने गरेको छ । यही क्रममा, नायक सैफअली खानको छोरी साराअली खान पनि चलचित्र ‘केदारनाथ’बाट बलिउडमा डेब्यू गर्दैछिन् । अहिले उनी यो चलचित्रको प्रमोशनमा व्यस्त छिन् । चलचित्र प्रमोशनका क्रममा साराको बोल्ने शैलीको पनि प्रशंसा भैरहेको छ ।

सारा अली खान शारीरिक र मानसिक रुपमा नै ट्यालेन्ट रहेको चर्चा सुरु भएको छ । उनले केही दिन अगाडि आफ्ना पिता सैफअली खानसँग ‘कफि विथ करण’मा दिएको अन्र्तवार्ताले पनि उनको बौद्दिकताको चर्चा सुरु भएको हो ।

साराको अर्को चलचित्र ‘सिम्बा’ जुन डिसेम्बर २८ बाट रिलिज हुँदैछ । यी दुबै चलचित्रको व्यापार जस्तो भएपनि साराले भने बलिउडमा धमाका मच्चाउने विश्लेषण गर्न थालिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment