Comments Add Comment

महोत्तरीमा छुट्टाछुट्टै सवारी दुर्घटनामा दुईजनाको मृत्यु

२० मंसिर, महोत्तरी । महोत्तरीमा दुई छुटाछुटै सवारीसाधन दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । तीनजना घाइते भएका छन् ।

जलेश्वर नगरपालिका-३ मा भारतीय बसको ठक्करबाट गएराति एकजनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।

जनकपुरदेखि पटनासम्म चल्ने नेपाल भारत मैत्रीपूर्ण बसले बुधबार राति ठक्कर दिंदा एकजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

घाइते मध्ये एकको विराटनगर र दुईजनाको जनकपुर अञ्चल अस्पतालमा उपचार भैरहको छ ।

जनकपुरबाट पटना जाने क्रममा बीआर०६पीभी ९२५१ नं. को मैत्रीपूर्ण बसले जलेश्वर नगरपालिका वडा नं. ३ मलिवारमा विपरीत दिशाबाट आउँदै गरेको ज१प १६५० नंं.को मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकल चालक बारा जिल्लाको अमवा निवासी २५ वर्षीय राजकुमार साहको मृत्यु भएको हो ।

घाइते हुनेहरुमा भारत सितामढी जिल्लाको सुतिहारा निवासी १८ वर्षीय सोनुकुमार ठाकुर र सोही ठाउँ निवासी ३० वर्षीया चुनचुन देवी ठाकुरको उपचार जनकपुर अन्चल अस्पतालमा भैरहको छ भने सोही ठाउँ निवासी २० वर्षीय मेघनाथ ठाकुरलाई थप उपचारको लागि विराटनगर लगिएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने बसका चालक फरार रहेको छ भने बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै बर्दिवास नगरपालिका १ मा बुधबार बिहानै ट्रकको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ ।

बर्दिवास नगरपालिका-१ बस्ने ६० वर्षीय जनक कार्कीको ट्रकको ठक्करबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।

बा५ख ४६४१ नम्बरको मिनि ट्रकले बिपी राजमार्गस्थित मर्निङ वाकमा हिँडेका पैदल यात्रुलाई बुधबार बिहानै ठक्कर दिएको थियोे ।

ठक्करबाट गम्भीर घाइते कार्कीलाई थप उपचारको लागि जनकपुर लैजादै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दिवासका डीएसपी नकुल पोखरेलले जानकारी दिए ।

ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले पक्राउ गरेको छ भने घटना बारे थप अनुसन्धान भैरहेको डीएसपी पोखरेलले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment