Comments Add Comment

खेलाडीको चोटले समस्यामा बार्सिलोना

२० मंसिर, काठमाडौं । बार्सिलोनाले कोपा डेल रेमा बुधबार राति कल्चरल लियोनेसालाई ४–१ ले हराएर अन्तिम १६ मा स्थान बनाए पनि खेलाडीहरुमा देखिएको चोटले समस्या परेको छ ।

पहिलो लेगमा १–० ले विजयी भएको बर्सिलोना दोस्रो लेगमा डेनिस स्वारेजको दुई, मालकोम र मुनिरको गोलले उत्कृष्ट जित निकालेको थियो ।

कल्चरल लियोनेसाविरुद्धको खेलमा दाहिने खुट्टामा चोट देखिएपछि पनि मालकोम मैदानमा टिकेर खेलिरहेका थिए । तीन खेलाडी परिवर्तन भइसकेको अवस्थामा मालकोम चोटमा परेका थिए ।

यसअघि पनि चोटकै कारण २२ दिन आराम गरिसकेका मालकोममा पुनः चोट देखिएपछि बार्सिलोनामा खेलाडी घाइते भइरहने समस्या बढेको छ ।

मालकोममात्रै होइन राफिन्हा, सर्जि रोबर्टो, स्यामुअल उमटीटी, लुइस स्वारेज, आर्थर र सर्जि स्यामपर पनि चोटकै कारण मैदानबाहिर छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment