Comments Add Comment

प्रदेश ५ मा नयाँ शक्तिको रणनीतिः पाँच महिना, पाँच काम, पाँच परिणाम

२० मंसिर, बुटवल । नयाँ शक्ति नेपाल प्रदेश ५ ले नयाँ रणनीति तय गरेको छ । नयाँ शक्तिले ५ वर्ष पछिका लागि भोटर तयार गर्ने रणनीति बनाएको हो ।

प्रदेश ५ संयोजक कमल खनालले ५ महिना, ५ काम, पाँच परिणामअन्र्तगत कार्ययोजना बनाएर अघि बढ्ने बताए ।

बुटवलमा भएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले नयाँ शक्ति पार्टीलाई बैकल्पिक शक्तिको रुपमा स्थापित गर्ने उनको दावी ।

पार्टीको मुख्य ३ कामसहित अघि बढ्ने बताउँदै अबको कार्यदिशा संगठन सुदृढिकरण, सामाजिक आन्दोलन र राजनीतिक ब्यबस्था परिवर्तन रहेको बताए ।

पार्टीका प्रदेश प्रशिक्षण विभाग प्रमुख मनिकर कार्कीले ब्यबस्था बदलिएपनि नेताहरुको शैली पुरानै भएको भन्दै अहिलेको संविधान पूर्ण नभएको उल्लेख गरे ।

संघीयताको व्यवस्था सिमांकन सिद्धान्तअनुसार नभएको, नागरिकताको सवालमा कानून आएपनि आमाको नामबाट लिन पाइने अधिकारको कार्यान्वयन गंजागोलमा रहेको समेत बताए । ‘राज्यबाट पालिएका कर्मचारी दलगत बनेर काम गर्न पाईंदैन, संवैधानिक आयोगहरुमा रिटायर भएकाहरुलाई नियुक्त गर्नु लज्जास्पद हो ।’

नयाँ शक्तिका प्रदेश प्रचार प्रसार संयोजक पंकज राईले देशका दलहरुलाई थप परिष्कृत र बलियो बनाउन पार्टीले सकारात्मक दवाव दिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment