Comments Add Comment

फेरि खेलाडीलाई दोष दिँदै मोउरिन्हो

२० मंसिर, काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड प्रिमियर लिगमा आर्सनलसँग २–२ को बराबरीमा रोकिएपछि प्रशिक्षक जोसे मोउरिन्होले खेलाडीको क्षमतामा प्रश्न उठाएका छन् ।

पछि परेको अवस्थामा खेल बराबरी गरे पनि मोउरिन्हो खेलाडीसँग सन्तुष्ट छैनन् । गएको हप्ता साउथह्यामटनविरुद्धको खेलमा पनि २–२ गोलको बराबरी गरेको युनाइटेड १५ खेलमा २३ अंकसहित आठौं स्थानमा छ ।

म्यानचेस्टर युनाइटेडले खाएको पहिलो गोलमा गोलकिपर डेभिड डेगाले नराम्रो गल्ती गरेका थिए । दोस्रो गोल पनि उसैगरी नै खेलाडीकै गल्तीका कारण भयो । मार्कस रोजोको आत्मघाती गोलका कारण आर्सनलले अग्रता बनाएको थियो ।

‘यो सिजन धेरै पटक नै हामीले आफैविरुद्ध आक्रमण गरिरहेका छौं । यस्तो अवस्था असाध्यै कठीन हुन्छ । तर पनि खेलाडीहरुले मेहनत भने गरेका छन् । त्यो अनुसार खेल देखिए पनि सानो सानो गल्तीले नराम्रो नतिजा भोग्नुपरिरहेको छ’ मोउरिन्होले खेलपछि भने, ‘आर्सनलविरुद्ध हामीले जितेको खेल हारेका हौँ । हाम्रै गल्तीले उनीहरुले दुई गोल गरे । हाम्रा गल्तीका कारण उनीहरु बारम्बार काउन्टर अट्याकमा बढ्न सकिरहेका थिए ।’

गएको हप्ता साउथह्यामटनविरुद्धको खेलमा पनि राम्रो पुनरागमन गरेर बराबरी भएपछि खेलमा जित्न नसक्नुको मुख्य कारण खेल रणनीतिभन्दा पनि खेलाडीमा रहेको उत्साह, जितको भोकको अभाव रहेको प्रशिक्षक मोउरिन्होले बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment