Comments Add Comment

रेसुङ्गा बहुमुखी क्याम्पस प्रमुखको कार्यकक्षामा तालाबन्दी

२० मंसिर, गुल्मी । रेसुङ्गा बहुमुखी क्याम्पस रेसुङ्गा नगरपालिका तम्घास गुल्मीमा क्याम्पस प्रमुखको कार्यकक्षमा अनिश्चिकालीन तालाबन्दी गरिएको छ । अनेरास्ववियु रेसुङ्गा बहुमुखी क्याम्पस कमिटीले क्याम्पस प्रमुख हरीबहादुर खत्रीको कार्यकक्षमा तालाबन्दी गरेको हो ।

क्याम्पसमा प्रशासनको तर्फबाट भइरहेका गलत क्रियाकलापहरुको बारेमा पटक-पटक ध्यानाकर्षण गराई मंसिर १७ गते अनेरास्ववियुले क्यामपस प्रशासन र सञ्चालक समितिलाई ध्यानाकर्षण पत्र बुझाएको थियो ।

अपादरर्शी ढङ्गले गरिएका आंशिक प्रध्यापक नियुक्ति, आर्थिक अनियमितताको छानबिन, प्रध्यापकहरुको गैरहाजिरी लगायतका विषय समावेश गरेका थिए ।

पत्रमाथि छलफल गर्न बुधबार संगठनका अध्यक्ष, स्ववियू सभापति, सञ्चालक समिति र क्याम्पस प्रशासनबिच वार्ता भएको थियो । तर उक्त वार्तामा क्याम्पस प्रमुख हरीबहादुर खत्री गैरजिम्मेवार ढङ्गले प्रस्तुत भएको भन्दै ताला लगाइएको अनेरास्ववियूका अध्यक्षद्धय हुमाकान्त पोखरेलले बताए ।

‘क्याम्पस प्रमुख जस्तो गरिमामय पदमा पदासिन पदाधिकारीको निरिह एवं गैरजिम्मेवार अभिब्यक्तिले क्याम्पसको शैक्षिक गुणस्तर, आर्थिक अपारदर्शिता, चुस्त ब्यवस्थापन लगायतका विषयप्रति कुनै जिम्मेवारीबोध नरहेको देखिन्छ ।’ अनेरास्ववियू क्याम्पस कमिटीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । अनेरास्ववियुका अध्यक्षद्धय हुमाकान्त पोखरेल र विमल छन्तेलद्धारा हस्ताक्षरित विज्ञप्तिमा तीनवटा मागहरु राखेका छन् ।

अपादरदर्शी ढंगले राखिएको आंशिक प्रध्यापक नियुक्ति खरेज गरी प्रतिस्पर्धाको माध्यमबाट योग्य जनशक्ति तयार गर्ने, आर्थिक अनियमितताको छानविनका लागि छानबिन उपसमिति गठन गर्ने र क्यामपस सञ्चालक समिति क्याम्पस प्रशासनमा रहेका सबै उप-समितिहरु समावेशी ढंगले पुनर्गठन गर्ने रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment