Comments Add Comment

‘रणवीर’को ‘तिरिमिरी तिनतारा’मा सुशिल र शुभेच्छाको छमछमी

माघ १८ गतेलाई प्रदर्शन मिति तय गरिएको चलचित्र ‘रणवीर’को एक गीतको छायांकन ४ दिन लगाएर गरिएको छ । काठमाण्डौको नक्सालस्थित बालमन्दिरमा बिहेको सेट लगाएर नै यो गीतको भिडियो खिचिएको छ ।
‘तिरिमिरी तिरिमिरी तिनतारा’ बोलको गीतमा राजनराज सिवाकोटी शब्द, संगीत र स्वर छ । उनलाई गायकिमा गायिका अन्जु पन्तले साथ दिएकी छिन् ।

यो गीतमा चलचित्रका मुख्य ३ कलाकार सुशिल सिटौला, शुभेच्छा खड्का, सुपुष्पा भट्टको अभिनय छ । चलचित्रमा प्रशान्त ताम्राकार र सुशिल सिटौलाको भिडन्त देखाइएको छ । निर्माता मध्येका एक दिपेन्द्र रेग्मीले करिब २५ लाख खर्च गरेर यो गीत तयार पारिएको बताए । रामजी लामिछानेले यो भिडियोको कोरियोग्राफी गरेका छन् । अहिले लोकलयका गीत चलेका कारण पनि यसको निर्माणपक्षले यो गीतलाई प्रमोशनमा प्रयोग गर्ने योजना बनाएको छ ।

चलचित्रमा गोमा बिष्टको पनि लगानी छ । चलचित्रमा कथा, पटकथा, संवाद तथा निर्देशन गोविन्द सिंह भण्डारीको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment