Comments Add Comment

अप्रिल्लाको नयाँ मोडलको बाइक नेपाली बजारमा

२० मंसिर, काठमाडौं । नेपाली बजारमा एसआर सिरीजको ठूलो सफलतापछि डी-लाइफस्टायल्स प्रालिले औपचारिक रुपमा आफ्नो पहिलो मोटरसाइकल अपि्रल्ला एसएक्स आरएक्स १२५ को शुरुवात गरेको छ ।

भेस्पा र अपि्रल्लाको आधिकारिक वितरक डी-लाइफस्टायल्स प्रालिले अपि्रल्लाको इण्ड्युरो र सुपर मोटो बाइक एसएक्स र आरएक्सको परिस्कृत डिजाइन, उत्कृष्ट प्रदर्शनका साथ बजारमा आएको जानकारी दिएको छ ।

‘द नेक्स्ट फ्याक्टर अफ फन’ नारा दिइएको बाइकमा विभिन्न सुविधाहरु पनि थपिएको कम्पनी बताउँछ ।  अपि्रल्ला आरएक्स अफ-रोड का लागि पूर्ण सक्षम रहेको जनाइएको छ ।

अगाडि ठूलो २१ ईञ्च र पछाडि १८ ईञ्चको रिम्ससँग दिइएको नोबी टायरले उत्कृष्ट प्रदर्शन र पूर्ण नियन्त्रण राख्ने विज्ञप्तिमा उल्लेख छ ।

अप्रिल्ला एसएक्स १७ ईञ्च स्पोर्ट टायरसँग फिट छ, जसले यसलाई पहिलो प्रभावकारी १२५ सीसीको बाइक बनाएको कम्पनीले भनेको छ ।

कम्पनीका अनुसार आधुनिक प्रविधि, एकल एक्सेलेटर, इलेक्ट्रोनिक ईञ्जिन, र १२५ सीसी ईञ्जिन अपि्रल्लाको मुख्य विशेषता हो, जसले १० हजार ५ सय आरपीएमको शक्ति र ११ दशमलब ३ एनएम अर्थात ८ हजार आरपिएमको टोर्क उत्पन्न गर्दछ ।

युरो ४ मानक पछ्याउने अपि्रल्ला बोक्स एबीएस प्रणालीको शुरुवात गर्ने यो पहिलो बाइक भएको जनाइएको छ ।

यसले रोलओभर मोडको साथ सुरक्षा, परिशुद्धता र ब्रेकिङमा कुल नियन्त्रण ग्यारेन्टी पनि गर्ने भनिएको छ । यो बाइकको मूल्य नेपाली बजारमा ७ लाख ९९ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment