Comments Add Comment

कतार एयरवेजः न्युयोर्क उडानको एक दशक, गरियो विशेष कार्यक्रम

२० मंसिर, काठमाडौं । न्यु योर्कसम्मको हवाई सेवा सफलतापूर्वक एक दशक पूरा भएको सन्दर्भ पारेर कतार एयरवेजले हालै एक विशेष कार्यक्रमको आयोजना गरेको छ ।

कम्पनीले प्रमुख उद्योग व्यवसायी तथा राजनीतिक उच्चाधिकारीहरुको उपस्थितिमा ऐतिहासिक एवं प्रख्यात स्थल किपि्रयानीमा एक निजी डिनर कार्यक्रमको आयोजना आयोजना गरेको हो ।

उक्त समारोहमा कतार राज्यका उप-प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल थानीको उपस्थिति थियो ।

यस्तै कार्यक्रममा संयुक्त राष्ट्र संघका लागि कतार राज्यकी स्थायी प्रतिनिधि शेखा अल्या अल थानी, संयुक्त राज्य अमेरिकाका लागि कतार राज्यका राजदूत शेख मेशाल बिन हमाद अल थानी एवं कतार लगानी प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत मन्सुर अल महमुद लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा कतार एयरवेज ग्रुपका प्रमुख अकबर अल बकरले अमेरिकाका नागरिकहरुलाई सेवा दिन थालेको दशक पुग्दाको यो क्षण कम्पनीका निकै महत्वपूर्ण भएको बताए ।

उनले भने, ‘ एक दशक अघि अमेरिकामा हाम्रो पहिलो प्रवेशद्वार न्यु योर्क रहेकोले यहाँका नागरिकहरुसँग हाम्रो एक विशेष नाता रहेको छ ।’

कम्पनीले दिइरहेको सेवामा प्रयोग भएका अमेरिकी विमानहरु त्यहाँको उत्पादनप्रतिको विश्वासको प्रमाण भएको उनले उल्लेख गरे ।

‘हालसम्म अमेरिकी अर्थव्यवस्थामा कतार एयरवेजले पुर्‍याएको योगदानका लागि हामी निकै गौरवान्वित छौँ’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment