Comments Add Comment

आमाको गल्तीको सजाय ५ वर्षीया छोरीलाई !

१९ मंसिर, डडेल्धुरा । डडेल्धुराको कैदी सुधार गृहभित्र दुई वटा सेल छन् । ठूलो भवनमा पुरुष कैदी बस्छन् । टिनको छानो भएको अर्काे महिला सेल छ । त्यहाँ महिमा मात्रै छैनन्, तीनजना बालबालिका पनि छन् ।

तीनजना कैदीसँगै चारजना बालबालिका उक्त सेलमा बसिरहेका छन् । ती बालबालिका मध्यकी एक हुन ५ वर्षीय रेजीना दयाल । बहुविवाहको मुद्दामा आमा लक्ष्मी दयाल जेल चलान भएपछि रेजिना आमासँगै सुधार गृहमा आइन् ।

बैतडीको मेलौली नगरपालिका-५ बस्ने लक्ष्मी दयाललाई जेठी श्रीमतीले बहुविवाहको मुद्दा लागाए पश्चात उनी गत महिना कारागार चलान भएकी थिइन् ।

कक्षा १ मा पढदै गरेकी रेजीना पनि पढाइ छोडेर आमासँगै कारगार आइन । ‘पढ्दै गरेकी छोरीलाई लिएर जेल आउनु पर्‍यो’ आमा लक्ष्मीले भनिन्, ‘भर्खर कक्षा १ मा भर्ना गरेकी थिए यसको पढाइ त बिगि्रयो ।’

सुधार गृहभित्र उनले पढ्ने वातावरण छैन र ? भनेर प्रश्न गर्दा उनले भनिन्, ‘अहँ छैन म नै कुनैबेला अलिअलि अभ्यास गराउँछु ।’ उनले अघि थपिन्, ‘छोरीको पढाइको चिन्ता लाग्छ, यहाँबाट बाहिर ननिस्किंदासम्म छोरीले पढ्न नपाउने भइन ।’

कुनै व्यक्ति वा संस्थाले छोरीलाई पढाइदिन्छ कि भन्ने आशा राखेको उनले बताइन । ‘माइती सबै भारतमा बस्छन नेपालमा केही छैनन,’ उनले भनिन, ‘यता छोरीको चिन्ता लाग्छ अब कसैले छोरीलाई पढाइदिन्छ भने म पठाइदिन्थे ।’ श्रीमानबारे भने उनले बोल्न चाहिनन् ।

उनी जस्तै अन्य तीनजना बालबालिका सुधार गृहमा बस्छन् । तर, उनीहरुको विद्यालय जाने उमेर भने भइसकेको छैन ।

चिसो मौसम भएकाले सबै बच्चा रुघाखोकीले ग्रसित छन । आमासँगै आउने बालबच्चालाई बालमैत्री वातावरण भए सहज हुने उनीहरुको माग रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment