Comments Add Comment

शान्ति प्रक्रियाको प्रस्थान बिन्दु सिक्लेसमा बन्यो शान्ति स्तम्भ

२० मंसिर, पोखरा । शान्ति प्रक्रियाको प्रस्थान बिन्दु मानिने सिक्लेसमा शान्ति स्तम्भ निर्माण सम्पन्न भएको छ । कास्कीको मादी गाउँपालिकामा पर्ने सिक्लेसमा करीब १५ लाखको लागतमा शान्ति स्तम्भ निर्माण गरिएको हो ।

मादी गाउँपालिकाको १० लाख, वडा नम्बर १ को १ लाख र स्थानीयको ४ लाख बराबर श्रमदान गरी १५ लाखको लागतमा शान्ति स्तम्भ निर्माण गरिएको बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । करिब डेढ रोपनी क्षेत्रफलमा २० वटा भाव झल्कने गरी स्तम्भ निर्माण गरिएको छ । ३ महिना लगाएर निर्माण गरिएको यस स्तम्भ परिसरमा अर्काइभमार्फत शान्ति प्रक्रियाका विभिन्न झलक तथा जानकारी गराइने बताइएको छ ।

जनयुद्धबाट शान्ति प्रक्रियामा आउने वातावरण निर्माणका लागि तत्कालिन माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, अर्का नेता बाबुराम भट्टराई सिक्लेसमा १२ वर्षपहिले पहिलोपटक सार्वजनिक भएका थिए । उनीहरु २०६३ साल असार २ गते सिक्लेसमा सार्वजनिक भएका थिए ।

तत्कालिन सरकारी वार्ता टोलीका संयोजक कृष्णप्रसाद सिटौलाले माओवादी नेताहरु प्ा्रचण्ड र बाबुरामलाई हेलिकोप्टरमार्फत सिधै काठमाडौं पुर्‍याएका थिए ।

त्यही दिनलाई ऐतिहासिक दिन मान्दै मादी गाउँपालिकाले सोहि दिनको सम्झना स्वरुप शान्ति स्तम्भ निर्माण गरेको मादी गाउँपालिकाका अध्यक्ष बेदबहादुर गुरुङ ‘श्याम’ले बताए ।

शान्ति स्तम्भको नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रचण्डले गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए ।

पहिलोपटक सिक्लेसमा सार्वजनिक हुँदा प्रचण्डले स्विजरल्याण्ड भन्दा पनि राम्रो बनाइदिने बचन गरेको भन्दै मादी अध्यक्ष गुरुङले शान्ति स्तम्भका क्रममा बाचा सम्झाइने बताए । उनले भने,’यस पटक हामीले प्रचण्डलाई सडकमार्गबाट सिक्लेस लैजाँदै छौं । बाटोको अवस्था जानकारी गराउने, हामी आफैले गरेको बाचालाई पनि स्मरण गराउन चाहन्छौं’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment