Comments Add Comment

सरकारले केही काम गरेन भन्नु पूर्वाग्राहः प्रचण्ड

२० मंसिर, बुटवल । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले केही काम गरेन भन्नु पुर्वाग्राह हुने बताएका छन् । सरकारले गरेको काम कति राम्रो र कति नराम्रो भन्ने विषयमा समीक्षा गर्न आफूहरु तयार भएको बताए ।

भैरहवामा बिहीबारदेखि सुरु भएको सातौं लुम्बिनी राष्ट्रिय महोत्सव २०७५ कृषि तथा राष्ट्रिय औद्योगिक व्यापार मेलाको उद्घाटन प्रचण्डले भने, आउने ४ वर्षमा धेरै काम गर्न सकिन्छ, अहिले नै आत्तिहाल्नुपर्ने अवस्था छैन ।’

‘सरकारले अलिकति ढिलो काम गर्‍यो भनेर केही राजामहाराज भनाउँदाहरु नाच्दै हिंडिरहेका छन् भने कतिपय विदेशीसँग हारगुहार माग्न समेत गइरहेका छन्’, उनले अघि भने ।

मुलुक विगतको तुलनामा धेरै राम्रो स्थितिमा रहेको भन्दै उनले आर्थिक समृद्धितर्फ लैजान सबैको ध्यान केन्द्रीत हुनुपर्ने बताए ।

निजी क्षेत्रलाई साथमा नलिइकन सरकारले लिएका लक्ष्यहरु पुरा गर्न नसक्ने उनको भनाइ थियो ।

कार्यक्रममा नेकपाका नेता एवं सांसद घनश्याम भुषालले सरकारको गलत कामको आलोचना गर्नुपर्ने बताए । उनले सरकारले गरेका राम्रा कामहरुको समर्थन गर्न आग्रह गरे ।

पर्यटन, कृषि र उद्योगको विकास,राष्ट्रिय सम्वृद्धिको आधार भन्ने नाराका साथ सुरु भएको महोत्सव पौष १ गतेसम्म चल्ने आयोजक सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष कुलप्रसाद न्यौपानले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment