Comments Add Comment

निर्मलाका लागि न्याय माग्दै डडेल्धुराका विद्यार्थी सडकमा

२० मंसिर, डडेल्धुरा । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वषर्ीया बालिका निर्मला पन्तका लागि न्यायको माग गर्दै डडेल्धुराका विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । विद्यार्थीहरुले जिल्ला सदमुकाम बागबजारमा बिरोध प्रदर्शन गरेका हुन् ।

सदुमुकामका विभिन्न विद्यालयका विद्यार्थीको सहभागीतामा दिउँसो ३ बजे तुफानडाँडादेखि बागबजारसम्म दबाबमूलक शान्तिपूर्ण र्‍याली निकालेका थिए ।

‘सरकार भेटीयो न्याय भेटिएन, निर्मलालाई न्याय दे !’ लेखिएका ब्यानर र पोष्टरसहित र्‍यालीमा सहभागी भएका विद्यार्थीहरुले प्रधानमन्त्री र गहृमन्त्रीको राजीनामासमेत मागेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment