Comments Add Comment

जनकपुरमा छोरीको हत्या आरोपमा महिला पक्राउ

२२ मंसिर, काठमाडौं । जनकपुरमा आफ्नै छोरीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेकी छन् । पक्राउ पर्नेमा जनकपुरधाम–२४, सोनापडाकी ४० वर्षीया राजकुमारी मण्डल छन् ।

उनले आफ्नै १६ वर्षीया छोरी सोनी मण्डलको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । प्रहरीले उनीसहित ४ मतियारलाई पनि पक्राउ गरेको छ ।

यसअघि आमा राजकुमारी र छोरी सोनीबीच विवाहको विषयलाई लिएर विवाद भएको थियो । दुई जनाबीचको झगडाका कारण छोरी सोनी घरमा खानासमेत छुट्टै पकाएर खान थालेकी थिइन् । बुधबारसमेत भान्सामा पकाएको पकौडाको विषय लिएर आमा र छोरीबीच झगडा भएको थियो।

त्यसक्रममा सोनीले ढोकामा लगाउने आग्लोले प्रहार गरी आमाको घाँटीसमेत थिचेकी थिइन् । प्रतिकारको क्रममा आमा राजकुमारीले समेत छोरी सोनीको घाँटी च्यापेकी थिइन् । त्यसक्रममा सोनीको मृत्यु भयो ।

धनुषाका एसपी गोविन्द थपलियाका अनुसार फर्निचर व्यवसाय गर्दै आइरहेको रामवरण मण्डलकी छोरी सोनी आफ्नै घरमा मृत फेला परेको सूचनाको आधारमा प्रहरीले तत्काल अनुसन्धान प्रक्रिया अगाडी बढाएको थियो । त्यसक्रममा आमा छोरीको झगडाका कारण बालिकाको मृत्यु भएको खुलेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment