Comments Add Comment

गुन्डा नाइके समिर पत्नी माया धरौटीमा छुटिन्

Photo Credit : फाइल फोटो । माया शेरचन

२० मंसिर, काठमाडौं । गुन्डा नाइके समिरमान सिंह बस्न्यातकी श्रीमती माया शेरचनलाई छाड्न अदालतले आदेश दिएको छ । जिल्ला अदालत, काठमाडौंले बिहीबार उनलाई ५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो ।

यसअघि १८ जेठमा उनलाई महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले उनलाई पक्राउ गरेको थियो ।

त्यसअघि महाशाखाले पक्राउ गरेको बस्न्यात समूहका सुटर उदयपुरका अमरबहादुर राना, बिर्तामोडका लोप्साङ लामा र नागार्जुनका रोशन बुढाथोकीको बयानका आधारमा उनलाई पक्राउ गरिएको थियो ।

उनीहरुले अदालत समक्ष बयान दिने क्रममा शेरचनले नै ३ ठूला अपराधिक घटनामा प्रयोग भएका हतियार उपलब्ध गराएको बताएका थिए । त्यसकै आधारमा महाशाखाले शेरचनविरुद्ध कर्तव्य ज्यान र संगठित अपराध मुद्दा चलाएको थियो ।

यो पनि पढ्नुहोस समिरमानकी श्रीमती पक्राउ प्रकरणः तीन गोलीकाण्डमा हतियार दिएको दाबी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment